काष्ठमण्डप पुनः निर्माणको काम आधा सम्पन्न, मूल थाममा दुई किलो सुन राखियो

५ कात्तिक ७६, बुधबार

६ कार्तिक, काठमाडौं । जगसहित ढलेको काष्ठमण्डप पुनः निर्माण अन्तर्गत पहिलो तला (भुइँ तला) निर्माणको काम (छानाबाहेक) सकिएको छ ।

काष्ठमण्डप पुनः निर्माण समितिले मङ्गलबार सार्वजनिक सुनुवाइ गरी पुनःनिर्माणको काम लगभग आधा सकिएको जनाएको हो । उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र शाक्यका अनुसार हालसम्म तीन करोड खर्च भएको छ ।

उपभोक्ता समितिलाई काठमाडौँ महानगरपालिकाले साढे पाँच करोड दिएको थियो । हालसम्म निर्माणका लागि रकम अभाव भएको छैन ।
हाल काष्ठमण्डपका लागि आवश्यक काठ बर्दिवास र अम्लेखगञ्जबाट ल्याइएको छ । हालसम्म चार हजार ३८ क्युफिट काठ उपयोग भइसकेको छ ।

सम्पदाविज्ञ डा सुर्दशन तिवारीले पुरातात्विक सामग्रीको संरक्षण गरी पराम्परागत प्रविधिको प्रयोग गरी काष्ठमण्डपको पुनःनिर्माण भइरहेको जानकारी दिए । उनका अनुसार काष्ठमण्डपमा पुर्खाले पहिला कसरी निर्माण गरेका थिए भन्ने कुराको जानकारी लिनसमेत सहयोग भएको छ ।
१२औँ शताब्दीमा बनेको विश्वास गरिएकामा बेलायतको दुराग्रह विश्वविद्यालय र पुरातत्व विभागको अध्ययनले सातौँ शताब्दीमा निर्माण भएको पत्ता लागेको थियो ।

पुरातत्व विभागले जाँच गरेर पुराना सामग्री पुनः प्रयोग गर्न सकिन्छ भनेपछि केही पुराना काठ र इँटा पुनःनिर्माणमा प्रयोग गरिएको छ ।
सोमा चार मूल थाममध्येमा एक थाम (१०औँ शताब्दीमा प्रयोग गरिएको पाइएको) पुरानो राखिएको छ । त्यस्तै १०० थान मेथमध्येमा २९ सातौँ शताब्दीमा प्रयोग गरिएका थाम राखिएको छ ।

काष्ठमण्डप पुनःनिर्माण समितिका सचिव गौतम डङ्गोलका अनुसार पहिलो र दोस्रो रोमा १०र१० मेथ प्रयोग गरिएको छ भने तेस्रो रोमा नौ मेथ प्रयोग गरिएको छ । पुनःनिर्माण समितिका अनुसार, परम्परागत सामग्री र प्रविधि प्रयोग गरी पुरानै स्वरूपमा ल्याउने गरी काष्ठमण्डप पुनःनिर्माणको काम भइरहेको छ । काष्ठमण्डप पुरानै शैली (तीन तला)को बन्नेछ ।

भित्ता निर्माणका लागि काष्ठमण्डपकै पुरानो माटो, धरहरा पुनःनिर्माणका क्रममा निकालिएको माटो र ताहचलको माटो प्रयोग गरिएको छ । त्यस्तै आवश्यक ढुङ्गा काभ्रेबाट ल्याइएको छ ।

पुनःनिर्माणका लागि आवश्यक काठ नेपाल टिम्बर कर्पोरेशन (टिसीएन) सँग पुरातत्व विभागको लागतअनुसार १७ हजार ५८ क्युपिट काठ ल्याउने सम्झौता गरिएको छ । त्यस्तै काष्ठमण्डपमा प्रयोग गरिएको इँटा दक्षिणबाराही इँटा उद्योगबाट ल्याइएको छ ।

पुनःनिर्माण समितिका सचिव श्रेष्ठले भने, “काष्ठमण्डपमा सादा इँटाको प्रयोग गरिएको पाइयो, ‘ठूलो माःअप्पा’ र ‘सानो माःअप्पा’ गरी दुईथरिका इँटा प्रयोग भएका रहेछन्, त्यसैअनुसार सादा खालका दुई प्रकारको इँटा प्रयोग गरी काष्ठमण्डपको गारा ठड्याइएको छ ।”

हालसम्म ३३ हजार ३५८ ठूलो माःअप्पा र २१ हजार ५३० सानो माःअप्पा प्रयोग भएका छन् । काष्ठमण्डपको मूल थामको मुनि दुई किलो सुन राखिएको छ ।
समितिले राष्ट्र बैकबाट उक्त सुन किनेको हो । त्यस्तै प्रत्येक मूल थामको मुनि र माथि तामा जडान गरिएको छ । काष्ठमण्डपमा ठड्याइएका मूल थाम, मेथ र निदालमा किटनाशक औषधि र आलसको तेल लगाइएको छ ।

तीन वर्ष्भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ रु १९ करोड ८८ लाख लाग्ने अनुमान महानगरले गरेको थियो । दैनिक ज्यालादारीमा भक्तपुरका दक्ष कालिगड पुनःनिर्माणमा खटिरहेका छन् । (रासस)

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top