मालवाहक कन्टेनरमा भेटियाे ३९ जनाको शब

६ कात्तिक ७६, बुधबार

एजेन्सी, कात्तिक ६ ।

Advertisement

इंग्ल्यान्डको एसेक्समा एउटै मालवाहक कन्टेनरमा ३९ जनाको शब फेला परेको छ। ग्रेजस्थित पूर्वी एभेन्युको वाटरगेट औद्योगिक उद्यान अगाडि उक्त कन्टेनरसहितको मालवाहक ट्रक फेला परेको हो ।

प्रहरीले तात्कालै हत्या गरेको हुन सक्ने आशंकामा उत्तरी आयरल्याण्डका २५ वर्षिय लरी चालकलाई नियन्त्रणमा लिएको छ । एसेक्स प्रहरीका अनुसार पूर्व अनुमान बमोजिम ३८ जना वयस्क र एक किशोरको शब फेला परेको हो ।

Advertisement

प्रहरीले बुल्गेरियाबाट उक्त लरी इंग्ल्यान्डको होलीहेड सीमा भएर प्रवेश गरेको जनाएको छ । प्रहरीले व्यक्तिहरुको पहिचानको प्रयास गरेपनि उक्त प्रकृयामा समय लाग्ने बीबीसीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top