गगन भन्छन्–सरकारसँग न्यायालय डरायो

७ कात्तिक ७६, बिहीबार
Share this
783shares

७ कात्तिक, काठमाडौँ ।
युवा नेतागगनथापाले नेपाल कम्युनिष्ट पार्टीको सरकार सरकारको भ¥याङ चढेर नेपालमा कम्युनिष्ट सत्ताको निर्माण गर्न उद्दत रहेको बताएका छन् । नेपाल वित्तिय संस्था कर्मचारी संघले बडा दशै, दीपावली, छठ एवं नेपाल सम्बत्का अवसरमा विहिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधानले दिएको क्षेत्राधिकार भन्दाबाहिर गएर सबै संस्थाहरुलाई नियन्त्रणमा लिने बाटोमा अघि बढेको सरकारले संसदलाई आफ्नो छाँया बनाएको तथान्यायालयपनि सरकारसंग डराएको अवस्थामा रहेको टिप्पणी गरे ।

Advertisement

उनले भने “नेकपाको सरकार सरकारको भ¥याङ चढेर नेपालमा कम्युनिष्ट सत्ताको निर्माण गर्दैछ । सरकार संविधानले दिएको क्षेत्राधिकार भन्दाबाहिर गएर सबै संस्थाहरुमा विस्तारै नियन्त्रण गर्ने बाटोमा उद्द्त छ । नेपालको अदालत सरकारसंग डराएको अवस्था छ । नेपालको संसदलाई सरकारले आफ्नो छाँया बनाएको छ । जनताको अधिकारलाई संसद भित्रबाट एक पछि अर्को कानुनबनाएर खोस्दैछ । ”

उनले नेपालमा कम्युनिष्टको सत्तानिर्माण गर्ने कुरालाई कांंग्रेसले स्वीकार गर्न नसक्ने भन्दै प्रतिकारका लागि तयारी अवस्थामा रहन सबैलाई आग्रह गरे । नेता थापाले पछिल्लो निर्वाचमा व्यहोर्नुपरेको पराजयका कारण कांग्रेस आत्मविश्वास गुमाएको अवस्थामा रहेको उल्लेख गरे । उनले निर्वाचनमा जीत÷ हार हुनु स्वभाविक भएकाले हारलाई शक्तिमा बदलेर आगामी निर्वाचनमा जित्ने लक्ष्य र उत्साहका साथ एकढिक्का भएर अघि बढ्नुपर्ने बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top