३३ तोला सुनसहित एक भारतीय नागरिक सम्पर्कविहीन

७ कात्तिक ७६, शुक्रबार

८ कार्तिक, कास्की । पोखराको न्यूरोडमा रहेको गोरखा एण्ड बराह ज्वेलर्स इण्डष्ट्रिज प्रालिमा काम गर्ने एक व्यक्ति ३३ तोला सुनसहित सम्पर्कविहीन भएका छन् ।

Advertisement

भारतको कोलकत्ता घर भएका अन्दाजी ३७ वर्षीय रञ्जन राजवंशी बुधबार दिउँसो ३ बजेदेखि सम्पर्कविहीन भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

राजवंशी लामो समयदेखि गोरखा एण्ड बराह ज्वेलर्स इण्डष्ट्रिज प्रालि काम गर्दै आइरहेका थिए । ज्वेलर्सको ३३ तोला सुन लिएर सिर्जनाचोकमा रहेको गहना बनाउने ठाउँमा लिएर गएकोमा बेखबर भएको सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी परिचालन गरी घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top