मुस्कानले लेखिन् प्रधानमन्त्रीलाई चिठी- ‘प्रधानमन्त्री ज्यू, हजुरको ठाँउमा म भइदिएको भए अपराधीलाई फाँसी दिनेथिए’

७ कात्तिक ७६, शुक्रबार

८ कार्तिक, काठमाडौं । एसिड आक्रमणमा परी अस्पतालमा उपचाररत १४ वर्षीया मुस्कान खातुन अन्सारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी लेखेकी छन् । उनले अपराधीलाई फाँसीको सजायँ हुनुपर्ने संकेत गरेकी छन् ।

Advertisement

कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कानले चिठीमा भनेकी छन्, ‘प्रधानमन्त्री ज्यू हजुरको दुई तिहाई सरकारको ठाउँमा म भइदिएको भए तेजाब हान्ने अपराधीलाई फाँसी दिन्थे होला ।’

Advertisement

कक्षा ९ मा अध्ययनरत मुस्कानले उक्त चिठी लेखेर फेसबुकमा राखेकी हुन् । मुस्कानले यसअघि जेनी खड्का, संगीता मगर लगायतमाथि तेजाब आक्रमण गर्नेहरूलाई बेलैमा सरकारले कडा सजायँ दिएको भए त्यस्तो घटना फेरि नदोहोरिने बताइन् ।

उनी डेढ महिनादेखि कीर्तिपुर अस्पतालमा उपचार गराइरहेकी छन् । उनको जीउको दाहिने भाग पूरै तेजाबले जलेको थियो । उनको स्वास्थ्यमा सुधार हुँदै आएको छ ।

Advertisement

वीरगन्ज– ३, छपकैयाकी मुस्कानलाई गत भदौ २० गते शुक्रबार स्कुल जाँदै गर्दा गाउँकै केही केटाले एसिड प्रहार गरेका थिए । एसिड हान्ने दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्ने शमसाद मियाँ र माजिद आलम दुवै १६ वर्षका स्थानीय हुन् । शमसादले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेको झोंकमा एसिड प्रहार गरेको बयान दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top