×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

सगरमाथा आरोहीद्वारा युरोपमा नेपाल भ्रमणको प्रचार

९ कार्तिक २०७६

९ कात्तिक, लिस्बन ।
सगरमाथा आरोही प्रथम महिला पत्रकार कल्पना महर्जनले युरोपका विभिन्न मुलुकमा नेपाल भ्रमण वर्ष– २०२० को प्रचारप्रसार गरेकी छिन् । नेपाल भ्रमण वर्ष–२०२० का लागि ललितपुर महानगरपालिकाकी सद्भावनादूत समेत रहेकी महर्जनले अष्ट्रिया, फ्रान्स, स्लोभाकियालगायतका देशमा नेपाल भ्रमणको प्रचारप्रसार गरेकी हुन् ।

नेपालको राष्ट्रिय झण्डा फहराउँदै नेपालका हिमशृङ्खलालगायत विभिन्न सम्पदाहरुको तस्वीर, पर्यटकीयस्थलको जानकारीमूलक पर्चा, ब्यानर र वृत्तचित्रसहित पत्रकार महर्जनले युरोपमा नेपाल भ्रमणको प्रचार–प्रसार गरेकी हुन् ।

Advertisement
Advertisement

भ्रमण वर्ष–२०१९ को प्रचारप्रसार, सर्वोच्च शिखर सगरमाथालगायत नेपालका हिमशिखरहरुको प्रचारप्रसार गर्न तथा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले युरोपका विभिन्न मुलुकमा प्रचारमूलक कार्यक्रम सम्पन्न गरिएको पत्रकार महर्जनले जानकारी दिईन् । सो अवसरमा विभिन्न मुलुकहरुमा आयोजित कार्यक्रममार्फत विदेशीलाई नेपाल भ्रमणका लागि आह्वान गरिएको उनले बताइन् ।

प्रचारप्रसारकै क्रममा महर्जनले अष्ट्रियाको मुटकोफ हुटेमा आयोजित ‘नेपाल फेष्ट’ कार्यक्रममा नेपालको पर्यटन वर्ष २०२० को प्रवद्र्धन गर्नुका साथै नेपाली कला, लोक संस्कृति र नेपाली खानासम्बन्धी भिडियो बृत्तचित्रहरु प्रर्दशन गरेकी थिइन् । यस्तै स्लोभाकियाको राजधानी ब्राटिसलाभामा आयोजित कार्यक्रममा महर्जनले सगरमाथा आरोहणको अनुभव साट्नुका साथै नेपालसम्बन्धी जानकारीमूलक र प्रचारमूलक बृत्तचित्र प्रदर्शनी गरिन् ।

फ्रान्सको कोर्सिका टापुको आजाक्सिओ शहरमा आयोजित सप्ताहव्यापी अन्तरराष्ट्रिय पर्वतीय चलचित्र महोत्सवमा पर्वतीय पर्यटनसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको पत्रकार महर्जनले जानकारी दिइन् । उक्त चलचित्र महोत्सवमा सगरमाथा आरोही महर्जनले नेपाल पर्यटन बोर्ड र ललितपुर महानगरपालिकाद्वारा तयार गरिएको प्रचार सामग्री वितरण गर्दै सहभागी विदेशीहरुलाई नेपाल भ्रमण गर्न आग्रह गरेकी थिइन् ।

फ्रेन्च नागरिक आँन बेनोइट जानिन् र जाँमिसेल आँसलिनको समूहद्वारा निर्मित ‘ले बेले अनभोली’ नामक फ्रेन्च वृत्तचित्रका पात्रसमेत रहनुभएकी महर्जनको उक्त वृत्तचित्रमेत प्रर्दशन गरिएको थियो । उक्त वृत्तचित्रमा महर्जनको सामाजिक परिवेश, सङ्घर्ष, हिमाल आरोहण र महिला भएकै कारण भोग्नुपरेको विभेदलगायतका विषयमा चित्रण गरिएको छ ।

Advertisement

यस्तै फ्रान्सको आल्बर्टभिल्लेमा आयोजना भएको पर्वतीय चलचित्र महोत्सवमा पनि उक्त वृत्तचित्र प्रदर्शन गरिएको थियो । उक्त कार्यक्रममा पनि महर्जनले नेपाली कला, लोक संस्कृति, सभ्यता, नेपालको पर्यटकीयस्थलहरुको जानकारी गराउँदै नेपाल भ्रमण गर्न उपस्थित विदेशीहरुलाई आह्वान गरिन् । पत्रकार महर्जनले विश्वको सर्वोच्च शिखर सगरमाथाको नेपाल र चीनतर्फ गरी दुवै मोहोडाबाट सफल आरोहण गरी कीर्तिमान राख्न सफल भएकी छिन् । रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top