भरतमोहन अधिकारीको बैंक खातामा रहेको रकमबाट अक्षयकोष

९ कात्तिक ७६, शनिबार
Share this
731shares

९ कात्तिक, काठमाडौं ।
पूर्वउपप्रधान र अर्थमन्त्री तथा दिवंगत वरिष्ठ वामपन्थी नेता भरतमोहन अधिकारीको स्मृतिमा अक्षयकोष स्थापना गरिने भएको छ । फाउण्डेशनको तेश्रो बैठकले अधिकारीको व्यक्तित्व र कृतित्वलाई जनताबीच जिवितै राख्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो ।

Advertisement

अधिकारीको प्रथम वाषिर्कीको अवसर पारेर आगामी १८ फागुनमा अक्षयकोष घोषणा गरिने भरतमोहन अधिकारी फाउण्डेशनले जनाएको छ । फाउण्डेशनका महासचिव पदम खतिवडाले १८ फागुनमा २५ लाख रुपैयाँबाट कोष सुरु गरिने जानकारी दिए । दिवंगत हुनुअघि अधिकारीले पारिवारिक सदस्यहरुलाई आफ्नो बैंक खातामा रहेको २५लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिन भनेकाले उहाँको चाहना पूरा गर्न सो निर्णय गरिएको खतिवडाले बताए ।

अक्षयकोषमा भरतमोहनका पारिवारिक नातेदादेखि उनले राजनीतिक जीवनमा सहकार्य गरेका शुभेच्छुकर्लाइ ऐच्छिक रुपमा रकम दानका लागि अपिल गरिने प्रतिष्ठानले जनाएको छ । कोषबाट प्राप्प ब्याज आमदानी रकमबाट हरेक वर्ष पिताको वाषिर्कीका दिन राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा क्षेत्र, सहकारीताका क्षेत्रमा विशेष योगदान गर्ने एक जनालाई क्रमशः पुरस्कृत गर्दै जाने अधिकारी पुत्री लीमा अधिकारीले जानकारी दिइन् ।

Advertisement

प्रतिष्ठानले आगामी १८ फागुनमा पहिलो वाषिर्की पारेर ‘हाम्रो नजरमा भरतमोहन’ नामका स्मृति ग्रन्थ (पुस्तक) पुस्तक समेत सार्वजनिक गर्ने भएको छ । पुस्तकमा अधिकारीका बालसखादेखि राजनीतिक जीवनका विभिन्न मोड र कालखण्डमा सहकार्य गरेका नेतारकार्यकर्ताका, पूर्वअर्थमन्त्रीहरु पूर्वअर्थमन्त्री रामशरण महत, महेश आचार्य, बाबुराम, भट्टराई, वर्षमान, पुन, सुरेन्द्र पाण्डे र वर्तमान अर्थमन्त्री युवराज खतिवडासम्मका आलेख समावेश गरिनेछन् । यस्तै पुस्तकमा अधिकारी उपप्रधान र अर्थमन्त्री रहँदाका प्रशासनिक नेतृत्वको उच्च तहमा रहेकाहरुका विचारसमेत समेटिनेछन् ।यस्तै फाउण्डेशनले कुनै समय पत्रिकाको सम्पादकका रुपमा भूमिका खेलेका अधिकारीको नाममा आगामी वाषिर्कीका अवसरमा एक जना सम्पादकलाई सम्मान गर्ने निर्णय पनि गरेको छ ।

एमाले नेतृत्वको नौ महिने अल्पमत सरकारका अर्थमन्त्री रहेका बेला ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रम सुरु गरेर जनतामाझ लोकप्रिय छवि बनाएका अधिकारीको ८२ वर्षको उमेरमा गत २०७६ साल फागुन १८ गते निधन भएको थियो ।(अनलाईन खबरबाट)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top