एक मधेश एक प्रदेशमा जान हुँदैनःगच्छदार

८ कात्तिक ७६, शनिबार

९ कात्तिक, काठमाडौँ ।
कांग्रेस उपसभापति विजयकुमार गच्छदारले ‘एक मधेश एक प्रदेश’मा जान नहुने बताएका छन् ।

गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन एवं नेपाली कांग्रेसबाट गोदावरी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले संयुक्तरुपमा आयोजना गरेको शुभ दीपावली, नेपाल सम्वत् ११४० एवं छठ पर्व २०७६ को अवसरमा शनिबार आयोजित ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा’ उपसभापति गच्छदारले पार्टीको स्वार्थभन्दा माथि उठेर मुलुकलाई विभाजन गर्न नहुने बताए ।

उनले भने, “म भन्दा ठूलो पार्टी हो । पार्टीभन्दा ठूलो मधेश हो । मधेशभन्दा ठूलो मेरो देश भएकाले यसलाई विभाजन गरेर मुलुकले समृद्धि हासिल गर्न सक्दैन ।”

Advertisement

आफू अहिले सत्तामा नरहेको बताउँदै उनले थारु र जनजातिको हकमा लडेको मान्छेले समग्र मुलुकको हितमा लड्नुपर्छ भनी यस पार्टीमा लागि परेको बताए ।

गत चुनावमा नेपाली कांग्रेसले हार बेहोरेकोमा आगामी चुनावमा विजय हासिल गर्न लागिपरेको उनले जानकारी दिए ।

Advertisement

देश निर्माणमा युवापुस्ता अनुशासित भएर अघि बढ्नुपर्ने गच्छदारको भनाइ थियो । उनले कार्यकर्तालाई उच्च मनोबल र दृढताका साथ प्रजातान्त्रिक लोकतन्त्रमा अघि बढ्न आग्रह गरे ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top