चिनियाँ कम्युनिस्ट पार्टीमा अधिकतम सीमा हटाउन प्रस्ताव

१४ फागुन ७४, सोमबार
Share this
791shares

एजेन्सी, फागुन १४
चिनियाँ कम्युनिस्ट पार्टीमा राष्ट्रपति पदका लागि दुई कार्यकालमा सीमित गरिएको अधिकतम सीमा हटाउन प्रस्ताव गरिएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा यससम्बन्धी प्रस्ताव पेश गरिएको चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

Advertisement

सिन्ह्वाका अनुसार राष्ट्रपति र उपराष्ट्रपतिमा बढीमा दुई कार्यकालमात्र एउटै व्यक्ति रहन पाउने संवैधानिक प्रावधानलाई संशोधनका लागि प्रस्ताव गरिएको हो ।

गत वर्ष चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनले राष्ट्रपति सि जिनपिनलाई दोस्रो कार्यकालका लागि चयन गरेको थियो । चीनमा राष्ट्रपति र उपराष्ट्रपतिले बढीमा दुई कार्यकालमात्र निर्वाचित हुन पाउने प्रावधान छ ।

Advertisement

प्रस्ताव पारित भएमा राष्ट्रपति जिनपिनले अर्काे कार्यकाल पनि नेतृत्व गर्ने सम्भावना प्रवल हुनेछ । उनलाई माओपछिको शक्तिशाली चिनियाँ नेताका रुपमा लिने गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top