१५ कार्तिक, विराटनगर । आज शुक्रबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ । आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७८ पैसा तोकेको छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको छ ।
त्यस्तै, यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ९८ पैसा छ । रिंगिट एकको खरिददर २७ रुपैयाँ ०९ पैसा बिक्रीदर २७ रुपैयाँ २३ पैसा तोकेको छ । ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ८० पैसा रहेको छ ।
वन १ सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा रहेको छ । कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ १० पैसा र बिक्रीदर ३७५ रुपैयाँ ०८ पैसा रहेको छ ।
यस्तै बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ २१ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ८० पैसा रहेको छ ।

