महराको बयान सकियो, आइतबार थुनछेक वहस

१५ कार्तिक, काठमाडौं । जब्बरजस्ती करणीको अभियोगमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको बयान सकिएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतमा महराको बयान लिइएको हो । उनलाई आइतबार थुनछेक बहसमा लागि अदालतमा उपस्थित गराउने अनुमति पनि दिइएको अदालतका फैसला कार्यान्वयन अधिकारी संजीव पोखरेलले जानकारी दिए ।

शुक्रबार महराले न्यायाधिश सुर्दशनराज पाण्डेको एकल इजलासमा बयान दिएका थिए । थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान गर्नै अदालतले फैसला गर्नेछ । अदालतको फैलसा कार्यान्वयन अधिकारी पोखरेलले बहस नसकिएकाले महराबारे थप अरु केही भन्न नमिल्ने पनि बताए ।

यद्यपि बयानका क्रममा पूर्वसभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको करणी प्रयासको आरोप अस्वीकार गरेका छन् । सरकारी वकिलसँगको वयानमा उनले आफू पीडित भनिएकी महिलाको कोठामा प्रवेश नगरी फर्किएको बताएका छन् । महिलाको कोठामा नपसी बाहिरैबाट फर्किएको बताए पनि प्रहरीले तथ्यहरुले महरा कोठामा प्रवेश गरेको देखिएको दावी गरेका छन् ।

घटना भएको भनिएको घर छेउ पुगे पनि सम्पर्क नभएपछि भित्र नछिरी फर्किएको उनको बयान छ । बयानपछि महरालाई प्रहरीले पुनः ग्राण्डी अस्पताल लगेका छन् ।

संसद सचिवालयकी कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरा केही दिन सिंहदरबार प्रहरी वृत्तको हिरासतमा बसेका थिए । तर, अस्वस्थ भएको भन्दै अस्पताल भर्ना गरिएको थियो ।

त्यसयता उनी ग्राण्डी अस्पतालमै छन् । महराविरुद्ध बिहीबार दिउँसो जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता भएको थियो ।

आइतबार थुनछेक बहस सकिए पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधारण तारेखमा रिहा गर्ने मध्ये एक आदेश हुनसक्नेछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top