राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय पोषण अभियानको शुभारम्भ

१५ कात्तिक, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पोषण अभियानको शुभारम्भ गरेकी छन् । जन्मेको छ महिनादेखि २३ महिनासम्मका बालबालिका, गर्भवती आमा, प्रजनन उमेरका महिलालाई आवश्यक पर्ने पोषक तत्व खाद्यान्नमार्फत उपलब्ध गराउने ध्येयले बलियो नेपाल नामक गैरसरकारी संस्थाले शुक्रबारदेखि सो अभियानको सुरुआत गरेको हो ।

राष्ट्रिय योजना आयोगद्वारा कार्यान्वयनमा रहेको दोस्रो बहुक्षेत्रीय पोषण कार्ययोजना (२०१८–२०२२)लाई थप सहयोग पुर्‍याउने अभियानको उद्देश्य रहेको छ । बालबालिकालाई पोषणयुक्त, स्वच्छ, पोषिलो आहार उपलब्ध गराई उनीहरुको समग्र जीवनलाई स्वस्थ्य बनाउने र बालबालिकाका अभिभावकलाई समेत आफ्ना बालबालिकालाई कस्तो आहार खुवाउनुपर्छ ? भन्ने जानकारी दिने काम अभियानले गर्नेछ ।

पहिलो चरणमा प्रदेश नं ५ बाट कार्यान्वयन हुने र सबै प्रदेशमा क्रमशः लागू गर्दै जाने अभियानले जनाएको छ । अभियान सरकारी र निजी क्षेत्रको सहकार्य तथा विल एण्ड मिलिण्डा गेट्स फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालन हुने जनाइएको छ । नेपालमा पछिल्लो समय कुपोषणका कारण हुने पुड्कोपनमा उल्लेखनीय सुधार आउन सकेको छैन ।

पाँच वर्षमुनिका बालबालिकामा सन् २००१ मा पुड्कोपन ५५ प्रतिशत रहेकामा सन् २०१६ मा ३६ प्रतिशतमा झरेको थियो । सन् २०३० सम्ममा पुड्कोपन १५ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ । यसैगरी प्रजनन उमेर समूहका २०–४९ उमेर समूहका ४८ प्रतिशत महिलाको २० वर्ष नपुग्दै विवाह हुने गर्दछ । सुत्केरी भएमा आमामध्ये ५० प्रतिशतले मात्र एक घण्टाभित्र शिशुलाई दूध चुसाउँदछन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले अभियानको सुरुआत गर्दै नेपालले पोषणका क्षेत्रमा केही उपलब्धि हासिल गरे पनि अझै कुपोषणका कारण हुने विविध समस्यामा उल्लेखनीय सुधार आउन नसकेको बताइन् । राष्ट्रपति भण्डारीले भनिन्, “संविधान प्रदत्त बालबालिकाको शिक्षा, स्वास्थ्य पाउने मौलिक अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकारको ध्यान जानुपर्छ ।”

उनले सन् २०३० को अन्त्यसम्म कुपोषण हटाउने सरकारको लक्ष्यलाई पूरा गर्न अभियानले सहयोग गर्ने विश्वास व्यक्त गर्दै बहुक्षेत्रीय पोषण योजनालाई प्रदेश र स्थानीय तहबीचको समन्वयमा अझ प्रभावकारी काम गर्नुपर्नेमा जोड दिइन् । सवल, सक्षम र समुन्नत नागरिक उत्पादन गर्न पोषणमा लगानी बढाउन आग्रह गर्दै राष्ट्रपति भण्डारीले बालबालिकाले समयमा पोषिलो आहार कसरी प्राप्त गर्न सक्दछन् भन्ने कुरामा अभिभावकले ध्यान दिनुपर्ने बताइन् ।

उनले नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण कृषिमा आधारित देश भएकाले खाद्यान्नमा आत्मनिर्भर हुन र जैविकखेती अपनाउन, पोषणयुक्त खाद्यान्न उपलब्ध गराउन तथा कुपोषण अन्त्यमा ध्यान दिन सरकारसित आग्रहसमेत गरिन् । उनले आजका बालबालिका भविष्यका कर्णधार नागरिक हुने हुँदा सबैले पोषणमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।

समारोहमा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पोषणका मापदण्डअनुसार खाद्यवस्तु उत्पादन भए कुपोषणका आधा समस्या समाधान हुने विचार व्यक्त गरे । उनले परम्परागत खाद्यान्नलाई प्रोत्साहन र पत्रुखाना (जंक फुड)लाई निरुत्साहन गर्ने बानीमा सुधार ल्याउन आवश्यक रहेकामा जोड दिँदै पोषणका कार्यक्रमलाई प्रदेश सरकारले प्रमुख प्राथमिकतामा राखेको जानकारी गराए ।

उनले कुपोषण मुक्त स्वच्छ नागरिक उत्पादनमा अभियान जोडिएको र अभियानले पहिलो प्रदेशका रुपमा प्रदेश नं ५ को छनोट गरेकामा अभियानलाई बधाई दिँदै कार्यक्रम कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेलले समृद्ध नेपाल, सुखी नेपाली बनाउने सरकारको अभियानलाई सहयोग गर्न पोषणको अभियान जोडिएको बताए । नेपाललाई अल्पविकसित देशबाट विकासशील देशमा स्तरोन्नती हुन आवश्यक तत्वमध्ये पोषण पनि जाडिएको चर्चा गर्दै उहाँले सबै नागरिक सुपोषित भएमा मात्र आर्थिक समृद्धि हासिल हुने धारणा व्यक्त गरे ।

बलियो नेपालका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णीम वाग्लेले सन्तुलित, सुलभ पोषण आहार सबै बालबालिका, प्रजनन उमेर समूहका महिलामा पुर्‍याउन सरकार र निजी क्षेत्रसित सहकार्य गरी काम गर्न अभियान जोडिएको बताए । उनले पोषिलो खानाले मात्र स्वच्छ र स्वस्थ्य नागरिक उत्पादन हुने हुँदा कुपोषणलाई अन्त्य गर्न अभियानले जोड दिने जानकारी दिँदै अभियानमा जोडिन सबैसित आग्रह गरे ।

विल एण्ड मिलिण्डा गेट्स फाउण्डेशनका उप कार्यकारी निर्देशक केमल चिण्डाले बालबालिकाको पोषण अवस्थालाई सुधार ल्याउन फाउण्डेशनले सहयोग पर्न पाएकामा खुशी व्यक्त गरे । सो अवसरमा अभियानका सदस्यद्वय निर्माण चौधरी र अनिलकेशरी शाहले बलियो नेपाल बनाउने अभियानलाई सार्थक बनाउन निजी क्षेत्र प्रतिबद्ध रहेको धारणा राखे ।रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top