×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

आलमलाई आजीवन कारावासको मागसहित सरकारी वकिल कार्यालयमा अभियोगपत्र दर्ता

१५ कार्तिक २०७६

१५ कात्तिक, रौतहट ।
नेपाली काँग्रेसका निलम्बित सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आजीवन कारावासको मागसहित सरकारी वकिल कार्यालयमा अभियोगपत्र दर्ता गराएको छ ।  शुक्रबार रौतहट प्रहरीले आलमलाई ज्यान मार्ने कसुर, ज्यान मार्ने उद्योग तथा बिष्फोटक पदार्थ किनबेच र भण्डारणको मुद्धामा आजीवन काराबास कैदको मागसहित अभियोगपत्र दर्ता गरेको हो ।

आलम समेतको संलग्नतामा बम विस्फोटका घाइतेहरुलाई इँटाभट्टामा जलाएको दावी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सो घटनाबारे १९ दिनदेखिको अनुसन्धान र विभिन्न पक्षबाट प्राप्त प्रमाण सहितको मिसिल शुुक्रबार अपरान्ह तीन बजे दर्ता गराइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी नविन कार्कीले बताए ।

Advertisement
Advertisement

२०६४ साल चैत २७ गते पहिलो संविधानसभाको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा भएको बम विष्फोटमा संलग्न रहेको भन्दै सर्वोचको आदेशमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

आलम प्रकरणमा अनुसन्धानका लागी तत्कालीन आइजीपी ओमविक्रम राणा, तत्कालीन डीआइजी किरण गौतम र तत्कालीन सरकारी वकिल ध्रुवमणि ज्ञवालीसँग भेटेर बयान समेत लिएको प्रहरीले जानकारी दिएको छ ।

घटनाका समयमा राजपुरमा खटिएका तत्कालीन प्रहरी निरीक्षक इन्द्र सुवेदी र राजीव बस्नेतसँग पनि बयान लिइएको छ । बम बिष्फेटनबाट घाइते सफी मोहम्मद र घटनामा प्रत्यक्षदर्शी एवम् मृतक ओसी अख्तरका ससुरा र अन्य प्रत्यक्षदर्शी, घटनालाई नजिकबाट देखेकाहरुसँग पनि बयान लिइएको प्रवक्ता कार्की बताए ।

केही दिनअघि प्रहरीले घाइतेहरुलाई इँटाभट्टासम्म पुर्याउन प्रयोग भएको ट्याक्टर समेथ बरामद गरेको थियो भने घाइतेहरुको उपचार गरिएको भारतीय अस्पतालको रिपोर्ट पनि ल्याइएको कार्कीले बताए । राजपुरमा भएको बम विस्फोटनमा परी घाइते र मृतक सबैलाई आलमको इसारामा जलाएर मारेको प्रहरीको दावी छ ।

घटनामा त्रिलोकप्रताप सिंह पिन्टु र ओसी अख्तरसहित दर्जन बढी मानिसलाई जलाएर मारेको प्रहरीको दाबी छ । बम बिष्फोटको घटनापछि स्थलगत अध्ययनमा गएका मानवअधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको रिपोर्टलाई पनि मिसिलमा प्रमाणको रुपमा समावेस गरिएको छ ।

Advertisement

प्रहरीद्वारा दर्ता गरिसएको अभियोगपत्र सोमवार वा मंगलवार जिल्ला अदालतमा दर्ता गरी मुद्धाको प्रकृया अघि बढाउने जिल्ला न्यायधिवक्ता खडिन्द्रराज कटुवालले बताए । न्यायधिवक्ता कटुवालका अनुसार सोमबार अभियोगपत्र दायर भएमा मंगलबार वा बुधवार थुनछेक बहस हुने छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top