विराटनगरको छठमा मुस्लिम समुदायको सहभागिता

१६ कात्तिक ७६, आइतबार

१६ कात्तिक, विराटनगर ।
मिथिलाञ्चलको साझा चाड छठ पर्वको अवसरमा मुस्लिम समुदाय पनि सहभागि भएका छन् । छठ पर्वमा घाटसम्म पुग्नेहरुका लागि उनीहरुले निः शुल्क पिउने पानी वितरण गरेर छठ पर्वमा अप्रत्यक्ष सहभागिता जनाएका हुन् । भाइचारा, एकता र सद्भावको पर्व मानिने छठको अवसरमा शनिबार विराटनगर–६ स्थित छठ घाटमा पूजा आराधाना गर्न आउने श्रद्धालुहरुका लागि निः शुल्क पिउने पानी वितरण गरिएको हो ।

नेपाल मुस्लिम युथ कमिटी, कौमी एकता मन्च र जमाली प्रिन्टिङ प्रेसको संयुक्त आयोजनामा पानी र कफी वितरण गरिएको मुस्लिम अगुवा जफर अहमद जमालीले जानकारी दिए । उनले समाजमा एक अर्का धर्मप्रति सम्मान र विविध धार्मिक सहिष्णुता संगै सामाजिक सद्भाव बनाउन आवश्यक रहेकोले सो कार्य गरिएको बताए ।

Advertisement

एक अर्काको धार्मिक मान्यता, आस्था र विश्वासमा जोड दिन पनि छठ पर्वमा पानी वितरणका माध्यमबाट आफूहरु सहभागि भएको नेपाल मुस्लिम युथ कमिटीका इमाम हैदरले बताए । निशुल्क पानी तथा कफी वितरणमा सहभागि भएका मुस्लिम अगुवा अदिप कामिल जमालीले आजको दिन आफूले आनन्द महसुस गरेको बताए ।

उनीहरुले हिन्दुधर्मालम्बीहरुको चाडपर्व विशेष अन्य सामूहिक समारोहहरुमा पनि यस्तै सहयोग गर्ने योजना बनाएको बताएका छन । हिन्दुहरुले मनाउने चाड भएपनि यस पर्वलाई पछिल्लो समय अन्य समुदायले पनि मनाउन थालेका छन् । यसलाई सामाजिक सद्भावको पर्वका रुपमा पनि चित्रण गरिन्छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top