Nepal Times
Nepal Times
3
Shares

विराटनगरमा यसरी मनाईयो छठ पर्व (फोटो फिचर)

विराटनगरमा यसरी मनाईयो छठ पर्व  (फोटो फिचर)

१७ कात्तिक, विराटनगर ।
छठ पर्वको आज चौथो तथा अन्तिम दिन उदाउँदो सुर्यलाई अघ्र्य  दिएर समापन गरिएको छ । आस्थाको महापर्व छठ पर्वको अन्तिम दिन व्रतालुले आज बेहुली झैँ सिङ्गारिएका पोखरी र तलाउमा श्रद्धालुले उदाउँदो सूर्यलाई अघ्र्य दिएका हुन् ।

विराटनगरको सिंघिया खोला, केशलिया खोला,चिसाङ लोहन्द्रा खोला, मोरङ–सुनसरी सिँचाई आयोजना,विभिन्न खोला, पोखरी तथा नहरहरुमा जम्मा भएर सूर्यलाई अघ्र्य दिएका छन्।

चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरेपछि छठपर्वको अन्त्य हुन्छ । अर्घमा ठेकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ ।

सूर्यलाई दिइने अर्घमा ठेकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ । अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो ।

 

धनी, गरिब तथा सवै समुदायका श्रद्धालुहरु एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने यस पर्वले सन्देश दिन्छ । तराईमा मात्र गरिने छठ पुजा यतिबेल क्रमश पहाडी क्षेत्रमा समेत गरिन थालेको छ । छठ पर्वले सवै समुदाय जात जाती विच सामुदायीक सदभाव कायम गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.