×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

सरकारले माग पूरा गर्न नसकेको वृद्धवृद्धाको आरोप

१७ कार्तिक २०७६

१७ कात्तिक, काठमाडौँ । 

सरकारले वृद्धवृद्धाका लागि नयाँ–नयाँ नीति ल्याए पनि उनीहरु भने अझै पनि सन्तुष्ट हुनसकेका छैनन् । देशभरका वृद्धवृद्धाको हकहितका लागि काम गर्दै आएको अग्रज सेवा नेपालले विगत आठ वर्षदेखि सङ्घर्ष गर्दै आए पनि सार्वजनिक यातायातमा छुट, अस्पतालमा छुटलगायतका माग पूरा हुननसकेको अग्रज सेवा नेपालका उपाध्यक्ष प्रभा लम्सालले गुनासो पोखे।

Advertisement
Advertisement

“हामीले सम्पूर्ण वृद्धवृद्धाको अधिकार प्राप्तिका लागि सडकमा सङ्घर्ष ग¥यौँ, तर त्यसको परिणाम हामीले सोचेजस्तो भएन”, लम्सालले भने । आफ्ना सम्पूर्ण माग पूरा नभएसम्म सङ्घर्ष जारी राख्ने उनी बताउँछन् ।

नेपाल सरकारले वृद्धभत्तामा वृद्धि, सार्वजनिक यातायातमा छुट, स्वास्थ्योपचारमा छुटलगायतको नीति ल्याएको छ । तर कार्यान्वयनको पाटो भने फितलो रहेको लम्सालले दुखेसो पोखे । अग्रज सेवा नेपालको सङ्घर्षबाट केही उपलब्धीहरु प्राप्त भए पनि केही उपलब्धी अझै प्राप्त हुन बाँकी रहेको समाज नेपालका अर्का उपाध्यक्ष हरिप्रसाद भट्टराई बताउँछन् ।

“वृद्धवृद्धा भनेका उपत्यकाभित्र मात्र बस्ने होइनन्”, उनी थप्छन्, “अन्य ठाउँमा बस्ने वृद्धवृद्धाले पनि समान अधिकार पाउनुपर्छ भन्ने हाम्रो माग हो ।” अग्रज समाज नेपालले समय–समयमा विभिन्न मन्त्रालयसँग वृद्धवृद्धाको हकहितका निम्ति अन्तरक्रिया राख्दै आएको छ । पाँच वर्षभित्रमा रु पाँच हजार वृद्धभत्ता पु¥याउने सरकारको प्रतिबद्धताअनुरुप अहिले रु दुई हजारबाट रु तीन हजार ३०० पुगिसकेको छ ।

स्वास्थ्योपचारका क्रममा काठमाडौँस्थित वीर अस्पतालबाट वृद्धवृद्धालाई ५० प्रतिशत छुटको व्यवस्था गरिए पनि देशभरका वृद्धवृद्धाले कुन–कुन अस्पतालबाट सुविधा पाउने भन्ने सरकारले मस्यौदामा उल्लेख नगरेको समाजका अध्यक्ष महाप्रसाद पराजुलीले बताए ।

सार्वजनिक यातायातमा छुट, अस्पतालमा छुटलगायत अन्य विविध क्षेत्रमा छुटको व्यवस्थासमेत सरकारले देशव्यापीरूपमा कार्यान्वयनमा ल्याउन नसक्नु लज्जास्पद रहेको उनको ठहर छ । उनी भन्छन्, “सरकारले हाम्रो कुरा सुन्नै चाहेन ।” सरकारले नीति ल्याए पनि कार्यान्वयनको पाटो फितलो रहेको उनको ठहर छ ।

Advertisement

समाजले आफ्नो माग सुनुवाइ नभए थप सङ्घर्ष गर्ने तयारी गरिसकेको छ ।रासस

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top