१८ कात्तिक, काठमाडौँ ।
जबरजस्ती करणीको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सोमबार पनि सुरु भएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधिश सुदर्शनराज पाण्डेको इजलासमा आईताबार सुरु भएको बहस नसकिएपछि सोमबार बिहान सवाँ ११ बजेबाट फेरी सुरु भएको हो ।
बन्द ईजलासमा भएको थुनछेक बहसमा महराका वकीलहरुले बहस सुरु गरेका छन । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि अबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका महराको बयान गत शुक्रबार सकिएको थियो । शुक्रबार समय अभावका कारण महराको थुनछेक बहस आइतबारबाट सुरु गरिएको थियो ।
थुनछेक बहस सकिएपछि संभवत आजै उनलाई पुर्पक्षका लागि थुना राख्ने, धरौटीमा छाडने वा तारेकमा रिहा गर्ने आदेश अदालतले दिनेछ ।