विराटनगर, फागुन १५
सिरियामा भएको नरसंहारको विराटनगरका युवाहरुले समेत विरोध जनाएका छन् । सिरियामा भइरहेको आक्रमण र हिंसाको लियो क्लब अफ विराटनगर युनिकमा आवद्ध युवाहरुले विरोध जनाका हुन् ।
विराटनगरमा विभिन्न प्लेकार्ड सहित युवाहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले सिरिया आक्रमणमा मृत्युभएका व्यक्तिहरुको सम्झनामा मौन धारण तथा मृत आत्माको शान्तिका लागि दिप प्रज्वलन समेत गरेका छन् ।