×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

शान्ति सुरक्षा सुदृढ हुँदै गएको छः गृहमन्त्री

१९ कार्तिक २०७६

१९ कात्तिक, बुटवल ।
मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास समाप्त भएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।

बुटवलमा जारी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री थापाले शान्ति सुरक्षा सुदृढ हुँदै गएको दाबी गरे । उनले भने, ‘शान्ति सुरक्षाका जुन समस्याहरु देखा परेका थिए, ती समस्याहरु हल भइसकेका छन्, कहीँकतै मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयासहरु भएका थिए, ती प्रयास समाप्त भइसके ।’

Advertisement
Advertisement

उनले छिटै नै प्रदेश प्रहरी गठनको प्रक्रिया शुरु हुने बताए । ‘कानुन कार्यान्वयनको प्रक्रिया ठोस रुपमा अघि बढेको छ, उनले भने–यसले संघीयतालाई पनि बलियो बनाउँछ ।’

चीनका राष्ट्रपति सी चिनफिङको आगमनले विकासका लागि कोशेढुंगा सावित हुने बताए । ‘आम नेपालीलाई सुखी तुल्याउने लक्ष्य पूरा गर्नका लागि तीब्र गतिमा विकास भइरहेको छ, ३–४ वर्षमा दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने गरी मुलुक अघि बढिरहेको छ,–उनले भने–व्यापार घाटामा पनि सुधार भएको छ, आयात घटेर निर्यात बढ्दो छ ।’

Advertisement

गोष्ठीकै बीचमा पत्रकारहरुका लागि केही कुरा राख्ने भन्दै बोलेका गृहमन्त्रीले सुरक्षाका बारेमा उपनिर्वाचनको सुरक्षा, तराईमा बढ्दो अपराध, विप्लवका गतिविधिलगायतका अरु कुराहरु भने खुलाएनन् ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top