समृद्धिका लागि कोशेढुङ्गा ‘सुरुङमार्ग’

१८ कात्तिक ७६, मंगलबार

१९ कात्तिक, काठमाडौँ । 

सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो आधुनिक रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सडक यातायातमै कोशेढुङ्गा साबित हुने भएको छ ।

सुरुङमार्ग मात्र नभइ सो स्थानमा ‘फ्लाई ओभर’ पनि बन्ने भएकाले सो संरचना इतिहासमा पहिलो बन्ने भएको छ । दुई सुरुङ र एउटा ‘फ्लाई ओभर’ बन्ने उक्त सुरुङमार्गले सडकमा जाम हटाउने मात्र नभइ नेपालकै समृद्धिमा विशेष योगदान गर्नसक्ने देखिएको छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा सुरुङमार्गको लगानी आगामी सात वर्षमा उठ्ने उल्लेख छ ।

Advertisement

नेपालको पहिलो आधुनिक सुरुङमार्ग र पहिलो ‘फ्लाई ओभर’ लाई काठमाडौँ प्रवेशमार्गमा हुने सवारी जाम हटाउने समाधानका रुपमा हेरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही कात्तिक ४ गते सुरुङमार्गको शिलान्यास गरेसँगै यसको निर्माण अघि बढेको छ । प्राविधिक दृष्टिकोणले पाँच सय मिटरभन्दा बढी लम्बाइको सुरुङमार्गलाई आधुनिक मानिन्छ । यस्ता सुरुङमार्गमा हावाका लागि भेण्टिलेटर र प्रकाशको समेत व्यवस्था मिलाइन्छ ।

नेपालमा ५०० मिटरभन्दा कम लम्बाइका तीन सुरुङमार्ग भए पनि त्यसभन्दा बढी लम्बाइको यसलाई नै पहिलो सुरुङमार्ग मानिन्छ । झण्डै डेढदशक पहिले कल्पना गरिएको भए पनि आर्थिक व्यवस्थापनलगायतका कारणले सुरुङमार्ग निर्माणको योजना बन्न सकेको थिएन ।

Advertisement

जाइकाले आर्थिक र प्राविधिक सहयोग गर्ने भएसँगै सरकारसँग गत महिना निर्माण सम्झौता भएको थियो । गत महिना सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच सम्झौता गरिएको थियो ।

सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिक रुपमा हुने जाम हट्ने सडक विभाग, विकास समन्वय कार्यन्वयन महाशाका प्रमुख अर्जुनजङ्ग थापाले बताए ।

सो स्थानमा सयौँको सङ्ख्यामा सवारीसाधन र धेरै व्यक्ति अलपत्र पर्ने गरेकामा त्यसको समाधान हुनेछ । त्यसको समाधानसँगै पेट्रोलियम पदार्थको बचत पनि हुनेछ । उनले भने, “त्यस सडकका हिसाबले सुरुङमार्गभन्दा उपयुक्त अरु समाधान देखिएको छैन ।”

बयालिस महिनाको अवधिमा निर्माण सम्पन्न गर्न पर्याप्त समय भएको विभागले बताउँदै आएको छ । कम्पनीका प्रतिनिधि अहिले आवश्यक सामग्री ल्याउन जापान गएका र उताबाट फर्किएलगतै आगामी साताबाट काम शुरु गरिने उनले बताए । निर्माण कम्पनीलाई आवश्यक उपकरणको व्यवस्थापन गर्न झण्डै छ महिना लाग्छ । उनले भने, “यो अवधि पनि यही ४२ महिनाभित्रै पर्छ ।”

आयोजना अन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुई सुरुङको निर्माण हुनेछन् । दुई ‘फ्लाई ओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाई ओभर’ बनाउन लागिएको छ । सडक पूर्वाधारमा यहाँ निर्माण हुनलागेको ‘फ्लाई ओभर’ पनि नेपालकै पहिलो हो । अन्तरराष्ट्रिय मापदण्डअनुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुन्छ ।

तीन लेन नपुगेपनि मुख्य सुरुङमार्गमा तीन सवारीसाधन सहजै आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रदा पनि दुईवटै गाडी चल्न सक्नेछन् । सहायक टर्नेल तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशका द्वार बन्नेछन् । सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यही निर्माणका क्रममा प्रयोग हुने प्रमुख थापाले बताउनुभयो । कमजोर ढुङ्गा माटोलाई भने सिस्ने खोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिने प्रमुख थापाले बताए ।

सो स्थानमा बसपार्क, तरकारी सङ्कलन केन्द्रलगायतका कक्ष हुने बताइएको छ । निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबेशी नगरपालिकालाई नै हस्तान्तरण गरिनेछ । उनले भने, “केन्द्रबाट सेवा शुल्क उठाएर नगरपालिकाले आर्थिक उपार्जन गर्ने र त्यसैको व्यवस्थापनमा खर्च गर्न सक्नेछ ।” निर्माणमा जनशक्ति, उपकरणसँगै सहायक ठेक्कामा नेपाली ठेकेदार संलग्न हुने बताइएको छ । कम्पनीले ठूला र जटिल उपकरण जापानबाटै ल्याउने तथा सम्भव भएसम्मका उपकरण यहीँको प्रयोग गर्ने बताएको प्रमुख थापाले बताए ।

पेटी ठेक्कामार्फत साना–साना कामका लागि नेपाली कम्पनीलाई जिम्मेवारी दिइने उनले बताए । हाजमालगायतका अधिकांश जापानी निर्माण कम्पनीले नेपालमा सम्पन्न गरेका वा अहिले काम भइरहेका आयोजनामा समस्या नपाइएको प्रमुख थापाले बताए । सोही कम्पनीले यसअघि पोखरामा खानेपानी आयोजना, विसं २०७२ को भूकम्पपछि सिन्धुलीलगायतका जिल्लामा विभिन्न निर्माणका काम गरेको थियो ।

अहिलेसम्म निर्माणका क्रममा ढिलाइ वा निर्माणमा त्रुटि नपाइएको थापाले बताए । उनले भने, “विगतका काम सकारात्मक दखिएकाले आशा गरिएको हो ।” जाइकाको ०।०१ प्रतिशत सहुलियत ऋण सहयोगमा साँढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया शुरु गरिएको थियो । यसका लागि रु २२ अर्ब लाग्नेमा जाइकाले रु १६ अर्ब सहयोग गर्ने र रु छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।

प्रवेश मार्गसहित ५.५६ किमी सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । करीब रु छ अर्ब प्रभावितलाई मुआब्जा वितरणमै खर्च हुने प्रमुख थापाले जानकारी दिए । काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं १, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको र हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको उनले बताए ।

धादिङको धुनिबेँशी नगरपालिका–९ का प्रभावितलाई मुआब्जा दिने निर्णय भइसकेको हुँदा छिटो वितरण प्रक्रिया पनि शुरु गरिनेछ । यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भए पनि यातायात नै सञ्चालन हुनेगरी पहिलोपटक मार्ग निर्माण हुनलागेको हो । सुरुङमार्गका गत लागि असोज ६ गते जापानस्थित हाजमा आङ्दो कर्पोरेशनसँग सम्झौता भएको थियो । रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top