जनकपुरधाम, फागुन १६
राष्ट्रिय जनता पार्टी, नेपालले प्रदेश २ मा दुई मन्त्री पठाउने निर्णय गरेको छ । राजपाको बुधबार बसेको अध्यक्ष मण्डलको बैठकले नवलकिशोर साहलाई रामाजिक विकास र रामनरेश रायलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा पठाउने निर्णय गरेको हो ।
राजपाले राज्यमन्त्रीहरु भने पठाएको छैन । फोरमले गृहमन्त्रीमा ज्ञानेन्द्रकुमार यादव र भूमिव्यवस्थामन्त्रीमा शैलेसकुमार साहलाई पठाएको छ । फोरमले तीन राज्यमन्त्री पनि तय गरेको छ ।