नेपालको ब्यापार घाटा केही वर्ष कायमै रहनेः उद्योग मन्त्री

२० कात्तिक ७६, बुधबार

२० कात्तिक, काठमाडौँ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने बताएका छन् । मन्त्री यादवले आफ्नै पूँजी र सीपको प्रयोग गरेर जबसम्म हामी आफैं उत्पादन गर्दैनौं, तवसम्म मुलुकमा व्यापार घाटा कायमै रहने प्रष्टयाएका हुन् ।

Advertisement

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्र निर्माणका लागि आवश्यक पूँजी र प्रविधि मुलुक भित्रै रहेको दावी गर्दै त्यसको सदुपयोग गरेर अघि बढन सरकार र निजी क्षेत्रबीच सहकार्य गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए । नेपाल बनाउन नेपाली आफैंले सोच्नुपर्ने मन्त्री यादवको भनाई छ । उनले बाह्य पूँजी र प्रविधि भित्र्याउन सकिने भन्दै बढि जोड आन्तरिक पूँजी र प्रविधिको परिचालन गरेर मात्रै मुलुकलाई बनाउन सकिने पनि पटकपटक दोहो¥याए ।

मन्त्री यादवले देश भित्रै आपसी सहकार्यको अभावमा नेपाल बनाउने काममा अलमल भईरहेको पनि स्पष्ट पारे । सबैभन्दा महंगो गाडी चढने तर त्यसको उत्पादन नगर्ने मानसिकता कायम रहँदासम्म मुलुकमा व्यापार घाटा भईरहने तर्क पनि गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top