रानी भन्सारबाट ३७ प्रतिशतले आयात घट्यो, तीन महिनामा ६५ अर्बको आयात

२० कात्तिक, विराटनगर ।
गतवर्ष उच्च आयात,निराशाजनक निर्यात र बढ्दो व्यापार घाटा व्यहोरिरहेको सन्दर्भमा यस वर्षको पहिलो तीन महिनाको व्यापारमा केही सकारात्मक सुधारको संकेत देखापरेको छ। पूर्बी नेपालको विराटनगरस्थित रानीभन्सार नाकाबाट पहिलो तिनमहिनामा आयात ३७ दशमलव २५ प्रतिशतले घटेको छ ।

आर्थिक वर्षको पहिलो तीन महिना साउनदेखि असोजसम्म आयात ३३ दशमलव १६ प्रतिशत रहेको छ । गतवर्षको पहिलो तीनमहिनामा आयात ७० दशमलव४१ प्रतिशत रहेको थियो । रानीभन्सार कार्यालयका अनुसार सो अवधिमा निर्यात १६.६८ प्रतिशतले बढेको छ। रानीभन्सार कार्यालयका सूचना अधिकारी मनिराम पौडेलका अनुसार अहिलेकै अवस्था अनुसार बाँकी ९ महिनापनि आयातको अबस्था स्थिर रहेमा व्यापार–घाटा कमहुने देखिन्छ । तथ्यांकअनुसार गतवर्षको पहिलो तीनमहिनामा ६५ अर्ब ६२ करोड रुपैयाँका सामग्रीहरू रानी भन्सार नाकाबाट आयात भएको थियो ।

निर्याततर्फ ६ अर्ब ३७ करोड रुपैयाको माल बस्तु निकासी भएको थियो ।जसमा व्यापार–घाटा ५९ अर्ब २५ करोड रहेको थियो । यसपटक ५२ अर्ब २५ करोड रुपैयाँका सामग्रीमात्रै आयात भएको छ। निर्यात ७ अर्ब ७५ करोड रुपैयाको माल बस्तु निकासी भएको छ । व्यापार–घाटापनि ४४ अर्ब ४९ करोड रुपैयामा झरेको छ । भन्सार प्रमुख मिमांसु अधिकारीले सरकारले इनर्जी ड्रिंक्स, जंक फुड आयातबन्द गरेकाले आयात घट्दै गएको बताए। गतवर्ष भन्दा यो बर्ष सवारी साधन र स्पेयर्स पार्टसहरूको आयातमापनि कमी आएको छ ।

Advertisement

भन्सार अधिकारीका अनुसार राजस्व सचिवलाल शंकर घिमिरेको संयोजकत्वमा गठित समितिले अध्ययन गरी आयात रोक लगाउने सामग्रीहरूको सूची सिफारिस गरेको थियो । उक्त आधारमा मन्त्रिपरिषद्ले क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ (इनर्जी ड्रिंक), प्लास्टिक, लाइट लगायत विभिन्न सामग्रीहरू आयातमा पूर्ण रूपमाबन्देज लगाएको छ । पहिलो तीनमहिनाको अवधिमा रानी नाकाबाट पेट्रोलियम पदार्थ, स्टिल तथा फलाम, मेसिनरी, यातायात र पार्टपुर्जा, खाद्यान्नलगायतको आयात उच्च छ । पहिलो नम्बरमा इन्धन आयात रहेको छ।

भन्सार कार्यालयका अनुसार गएको बर्ष विराटनगर नाका भएर नेपालका लागि ५२ प्रतिशत खाद्यान्न, ६९ प्रतिशत पेट्रोलियम पदार्थ, ४८ प्रतिशत नयाँ सवारी साधन र ३८ प्रतिशत औषधि आयात भएको थियो । पूर्वकै सबैभन्दा ठूलो सुनसरी–मोरङ औद्योगिक कोरिडोर क्षेत्र पनियही रहेको छ । जहाँ साना ठूला गरी करिव सात सयको संख्यामा उद्योगहरु रहेका छन् ।

Advertisement

बिराटनगर भन्सार कार्यालयका अनुसार गएको बर्ष भारतबाट २९ प्रतिशत, चीनबाट ७ प्रतिशत र अन्य मुलुकबाट १७.४ प्रतिशतले आयात बढेको थियो । तर यो आर्थिक बर्षको तिन महिनामा भारतबाट आयात हुने बस्तुमा निकै कमी आएको छ । जसको कारण व्यापार–घाटामा पनि कमी देखिएको हो । विराटनगर भन्सार कार्यालयका सूचनाअधिकृत पौडेलले अघिल्लो आर्थिक वर्षमा भारत तथा तेस्रो मुलुकबाट १ खर्ब ८१ अर्ब ५६ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।सोही अवधिमा १७ अर्ब ८९ करोड ७४ लाख रुपैयाँको वस्तु भारत तथा तेस्रो मुलुक निर्यात भएको थियो ।

लक्ष्यमापुग्न सकेन
रानीभन्सार कार्यालयले राजस्व संकलनको लक्ष्य भने भेटाउन सकेको छैन। आर्थिक बर्षको पहिलो महिना साउनमा २ करोड ७१ लाखमात्र राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले साउनमहिनामा ३ करोड ९८ लाख रुपैया राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । त्यसैगरी भदौ महिनामा ४ करोड ९७लाख रुपैया राजस्व संकलन गर्ने लक्ष्य राखेपनि ३ करोड २८ लाख रुपैया मात्र राजस्व संकलन गरेको छ । कात्तिकमहिनामा ४ करोड ९७ लाख राजस्व उठाउने लक्ष्य राखेको भन्सार कार्यालयले २ करोड ४७ लाखमात्र राजस्व संकलन गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top