आप्रवासी कामदारहरुको अन्तराष्ट्रिय सम्मेलन काठमाडौँमा

२० कात्तिक ७६, बिहीबार

२१ कात्तिक, काठमाडौँ ।
नेपालमा ‘आप्रवासी कामदारहरुको अधिकार संरक्षणसम्बन्धि अन्तराष्ट्रिय सम्मेलन’ आयोजना हुने भएको छ । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गरी आप्रवासी कामदारहरुको मानव अधिकार हनन हुन नदिने उद्देश्यका साथ यही कार्तिक २६ गतेदेखि २८ गतेसम्म काठमाडौंमा सो अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

सो अन्तराष्ट्रिय सम्मेलनमा आप्रवासी कामदारहरुले काम गरिरहेका मुलुकका सरकारका प्रतिनिधिहरु, राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकारको क्षेत्रका कार्यरत अन्तराष्ट्रिय संघ, संस्था र सामाजिक संघ, संस्थाहरुका प्रतिनिधिहरु सहभागी हुने पनि आयोगका सदस्य सुदिप पाठकले जानकारी दिए।

आयोगले सो अन्तराष्ट्रिय सम्मेलनबाट आप्रवासी कामदारहरुको मानव अधिकार संरक्षणमा दक्षिण एशिया तथा एशीया प्रशान्त क्षेत्रका मुलुकहरु जिम्मेवार बन्ने अपेक्षा पनि गरेको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने सो अन्तराष्ट्रिय सम्मेलनमा आप्रवासी कामदारहरुको मानव अधिकार संरक्षणसम्बन्धि ५ वटा कार्यपत्र समेत प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

Advertisement

राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी कामदारहरुको मानव अधिकार संरक्षणका लागि क्षेत्रीय, राष्ट्रिय हुँदै अन्तराष्ट्रिय स्तरका सम्मेलन सुरु गर्न थालेको हो । आयोगका सदस्य पाठकका अनुसार आयोगले अन्तराष्ट्रिय मानव अधिकार आयोगलाई पनि आप्रवासी कामदारहरुको मानव अधिकार संरक्षणका लागि अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्न आग्रह गर्ने तयारी पनि गरेको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top