मोरङ, २१ कात्तिक ।
मोरङको बेलबारीमा पहिलो पटक हुँन लागेको नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी तीव्र पारिएको छ । बेलबारी नगर सितोरियो कराते संघले मंसिर ६ देखि ८ गतेसम्म प्रतियोगिता गर्ने तयारी गरेको हो ।
प्रतियोगिताका लागि खेलाडी आमन्त्रण, खेलस्थल सजावट, स्वागतद्वार निर्माण, प्रचारप्रशार लगायतको काम तीव्र रुपमा भईरहेको बेलबारी नगर सितोरियो कराते संघका सदस्य सचिव एवं प्रमुख प्रशिक्षक कुन्ती गुरुङले जानकारी दिईन् । प्रतियोगिता सफल पार्न संघका उपाध्यक्ष सुवास कार्कीको संयोजकत्वमा ५१ सदस्यीय मुल आयोजक समिति निर्माण गरिएको छ ।
मोरङ जिल्लामै पहिलो पटक हुँन लागेको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा नेपालसहित ८ देशका करिव ६ सय खेलाडी सहभागि हुँने आयोजक बेलबारी नगर सितोरियो कराते संघका अध्यक्ष सञ्जय सुवेदीले जानकारी दिए ।
प्रतियोगिताको उपाधिका लागि नेपाल, भारत, श्रीलंका, बंगलादेश, भुटान, पाकिस्तान, मलेसिया र इराकका खेलाडीवीच ८५ स्वर्ण, ८५ रजत र १७० कास्य पदकका लागि प्रतिस्पर्धा हुँनेछ । बिजेताले १ लाख, उप–बिजेताले ७५ हजार र तृृतियले ५० हजार नगद पुरस्कार पाउँने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजन बिराटनगर स्थित नोेबेल शिक्षण अस्पताल रहेको छ ।