सुस्ता र कालापानीको समस्या समाधान गर्ने जिम्मा परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई

२२ कात्तिक ७६, शनिबार

२३ कात्तिक, काठमाडौं ।नेपाल–भारतबीच सीमा समस्या कायम छ । चीनसँग भने खासै सीमा विवाद छैन । नेपाल–भारतबीच एक हजार ८८० किलोमिटर र नेपाल–चीनबीच एक हजार ४१४ किलोमिटर सिमाना छ । समस्या सुल्झँदै जाँदा यी क्षेत्रमा सिमाना घटबढ भइरहेको नापी विभागले जनाएको छ । कालापानी, सुस्ता, टनकपुर, सन्दकपुर, पशुपतिनगर लगायतमा सीमा विवाद देखिन्छ । त्यति चर्चा नभएका सीमा विवाद दुई देशको टोलीले काम थालेपछि पत्ता लागेका छन् ।

सन् १९८० पछि सन् २००७ सम्म सीमा व्यवस्थापन प्राविधिक समितिले सक्रियतापूर्वक धेरै समस्या सुल्झाएको विभागका महानिर्देशक प्रकाश जोशी बताउँछन् । “दुई देशको प्राविधिक समिति मिलेर त्यो बेलासम्म ९० प्रतिशतभन्दा बढी काम सकेका थियौँ”, उनले थपे, “तर कालापानी र सुस्ताको समस्या समाधान गर्न सकेनौँ । ” सन् २००७ मा प्रतिवेदन सरकारलाई बुझाएपछि सीमा व्यवस्थापनको कामलाई निरन्तरता दिन सन् २०१४ मा सीमा कार्यदल (बीडब्लूजी) गठन भयो ।

नक्साअनुसार सीमा व्यवस्थित गर्ने, सीमास्तम्भ मर्मतसम्भार गर्ने, नयाँ स्तम्भ निर्माण गर्ने, जीपीएस जडान गरेर निगरानी गर्ने जिम्मा त्यो कार्यदलमार्फत आफूहरूले पाएको जोशीले जानकारी दिए ।
सन् २०२२ सम्ममा सीमास्तम्भ निर्माण पूरा भएका ठाउँको नक्साङ्कन व्यवस्थित गरिसक्ने योजना छ ।

गएको भदौमा भारतमा सम्पन्न कार्यदलको बैठकमा सीमा समस्या समाधान गरी नक्सा व्यवस्थित गर्ने विषयमा दुई देश सहमत भएको उनले सुनाए । सुस्ता र कालापानीको समस्या समाधान गर्न परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई जिम्मा दिइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top