प्रदेश १ का २ सय विद्यालय अब प्रविधिमैत्री

२२ कात्तिक ७६, शनिबार

२३ कात्तिक, विराटनगर ।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले प्राविधिक धारको शिक्षामा विशेष जोड दिएको बताएका छन् ।

शुक्रबार सामाजिक विकास मन्त्रालयले विराटनगरमा आयोजना गरेको ‘विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियानसम्बन्धी सरोकारवालाहरुसँग अभिमुखिकरण’ कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले शैक्षिक गुणस्तर सुधार अभियानका रुपमा प्रदेश सरकारले नेपालमै पहिलो पटक सुरु गरेका बताएका हुन् ।

कार्यक्रममा प्रदेश नं. १ का दुई सय वटा सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानको शुभारम्भ गरिएको थियो । योसँगै चालु आर्थिक वर्ष २०७६÷०७७ भित्रमा प्रदेशभरीका २ सय विद्यालय प्रविधिमैत्री हुने भएका हुन् । पहिलो चरणमा ६४ स्थानीय तहका एक सय सामुदायिक विद्यालयमा नमूना परियोजनाका रुपमा प्रदेश सरकारले अभियानको शुरुवात गरेको छ । पहिलो चरणमा छनौट भएका ६४ स्थानीय तहका प्रमुख तथा उपप्रमुख, एक सय विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई अभिमुखीकरण दिईएको छ । यसै सन्दर्भमा मुख्यमन्त्री राईले प्रदेश सरकारले प्राविधिक धारको शिक्षामा विशेष जोड दिएकौ कारण डिजिटल साक्षरता शुरु गरेको बताए ।

कार्यक्रमको सफल प्रयोग पछि देशैभरि अभियान पुग्ने उनको दावी छ । राईले कुनैपनि दुविधा नराखी प्रभावकारी रुपमा कार्यन्वनय गर्न सरोकारवाला पक्षलाई आग्रह गरे । कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले डिजिटल प्रदेशको आधारभुमी विद्यालय भएकाले विद्यालयवाट अभियान शुरु गरिएको बताए । अभियानमा संलग्न २ सय सामुदायिक विद्यालयले नजिकका ५ वटा फिडर विद्यालयलाई सहयोग गर्नुपर्ने उनले बताए । फिडर विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानमा स्थानीय तहले व्यवस्थापन गर्ने मन्त्री घिमिरेको भनाई छ ।

सामुदायिक विद्यालयलाई उत्कृष्ठ सिकाई केन्द्रका रुपमा स्थापीत गर्ने उद्देश्यले मन्त्रालयले काम गरिरहेको मन्त्रालयका सचिव वीर बहादुर राईले बताए । प्रविधि मैत्री विद्यालय बनाउने अभियानमा प्रदेश सरकारसँग इक्वालिटी फाउण्डेसनले सहकार्य गरेको छ । अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा.महावीर पुन लगायतले सूचना प्रविधि सम्बन्धि प्रशिक्षण दिएका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top