निर्माणाधिन पूर्वाधार समयमा सम्पन्न गर्ने प्रतिबद्धतापछि साग निर्धारित मितिमै हुने

२३ कात्तिक ७६, आइतबार

२४ कार्तिक, काठमाडौं । निर्माणाधिन पूर्वाधार समयमा सम्पन्न गर्ने प्रतिबद्धतापछि नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मितिमै हुने भएको छ ।

नेपाल ओलम्पिक कमिटी एवं दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको बैठकले साग निर्धारित समयमै गर्ने निर्णय गरेको हो । बैठकमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान र भाल्दिभ्सका प्रतिनिधि सहभागी थिए ।

साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा हुने तय छ । साग आउन २१ दिन बाँकी रहदा नेपालले पूर्वाधारमा सन्तोषजनक तयारी गर्न सकिरहेको छैन। उद्‌घाटन र समापनसहित हुने दशरथ रंगशाला अझै तयार भइसकेको छैन। महिला फुटबल हुने तय पोखरा रंगशालाको गति पनि उस्तै छ। सातदोबाटोमा बन्दै गरेको हिटिङ सिस्टमसहितको पौडी पोखरीले बल्ल आकार लिन थालेको अवस्था छ।

पूर्वाधार समयमै सम्पन्न नहुँदा साग हुनेमै शंका व्यक्त गर्न थालिएको थियो। यी पूर्वाधारको विषयमा शनिबार भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठममा नेपालबाहेकका ६ राष्ट्रले प्रश्न उठाएका थिए। जसमा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिवलालले साग अघि नै पूर्वाधार निर्माण सकिने प्रतिबद्धता जनाएका थिए। दुवै जनाले कात्तिकको अन्त्यमा पूर्वाधार निर्माण सकिने प्रतिबद्धता जनाएका थिए।

बैठकले २ वर्षपछि हुने १४औं साग आयोजना गर्न पाकिस्तानले गरेको प्रस्ताव स्विकृत समेत गरेको छ। सागमा २७ खेलमा प्रतिस्पर्धा हुने तय भए पनि प्याराग्लाइिङमा सहभागी देश संख्या नपुग्ने देखिएको छ।

नेपालले २७ खेलमै भाग लिन नाम दर्ता गराएको छ। श्रीलंका र बंगलादेशले समान २५ खेलमा भाग लिने पक्का भइसकेको छ। पाकिस्तानले १८, भारतले १७, भुटानले १४ र माल्दिभ्सले ११ खेलमा मात्र सहभागिता जनाउनेछन्।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top