इटहरीमा खुकुरी हानेर कुकुर मार्ने तीन जना प्रहरी नियन्त्रण्मा

२३ कात्तिक ७६, आइतबार

२४ कार्तिक, इटहरी । सुनसरीको इटहरीमा खुकुरी हानेर कुकुर मार्ने तीन जनालाई प्रहरीले नियन्त्रण्मा लिएको छ ।

गत मंगलबार इटहरीको पिपलचोकस्थित आयुष विश्वकर्मालाई लक्षित गरी भएको आक्रमणमा उनको घरमा पालेको टाइसन नामक कुकुरको ज्यान गएको थियो । आयुषलाई आक्रमण गर्न आएका १०(१२ जनालाई टाइसनले रोक्न खोजेको थियो । कुकुर बीचमा आएपछि आक्रमणकारीले उसैलाई खुकुरी हानेका थिए । आक्रमणमा घाइते भएको टाइसनको पछि मृत्यु भएको थियो ।

कुकुरलाई खुकुरी हान्नेहरू पछि भागेका थिए । प्रहरीले शनिबार मोरङको पथरी शनिश्चरेबाट फरार तीन जनालाई पक्राउ गरेको हो । आफन्तको घरमा लुकेर बसेको सूचनाका आधारमा इलाका प्रहरी कार्यलय इटहरीको टोलीले मोरङ प्रहरीसँग समन्वय गरी उनीहरूलाई पक्राउ गर्न सफ भएको हो ।

पक्राउ पर्नेहरुमा इटहरी पिपल चोकका २० वर्षीय विशाल माझी, २१ वर्षीय मनोज भण्डारी र २१ वर्षीय सुदिप राई छन् । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top