उपनिर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदै

२३ कात्तिक ७६, आइतबार

२४ कात्तिक, काठमाडौँ ।
निर्वाचन आयोगले आगामी मंसीर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको उम्मेदवारको अन्तिम नामावली आइतबार प्रकाशित गर्ने भएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनमा उम्मेदवारी दिएका राजनीतिक दलका उम्मेदवारहरुको अन्तिम नामावली (आज) आइतबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म प्रकाशित गर्ने कार्यक्रम रहेको जानकारी दिएका हुन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गत कार्तिक २१ गते ६५ जनाले उम्मेदवारी दिएका छन् । उनीहरुको अन्तिम नामावली आज अपरान्ह पाँच बजेसम्म प्रकाशित हुने निर्वाचन आयोगले जनाएको छ । प्रवक्ता श्रेष्ठले सोमबार बिहान ११ गतेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको पनि स्मरण गराएका छन । यता, स्थानीय तहको निर्वाचनका लागि भने आगामी कार्तिक २७ गते बुधबार विहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवार मनोनयन हुनेछ ।

आयोगले सो उपनिर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम भने मंसीर ५ गतेदेखि ११ गतेसम्म संचालन गर्दैछ । आयोगका प्रवक्ता श्रेष्ठका अनुसार मतदाता शिक्षाका लागि प्रत्येक वडामा २ जना मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिनेछ । नमुना मतदान समेत गरेर सो उपनिर्वाचनको मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने आयोगको तयारी छ । आगामी मंसीर १४ गते रिक्त रहेका प्रतिनिधिसभा सदस्य–१, प्रदेश सभा सदस्य–३ तथा स्थानीय तहहरु समेत गरेर ३७ जिल्लाको ५२ स्थानमा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले सो उपनिर्वाचनमा आ–आफ्नो मतदाता परिचय पत्र लिएर भाग लिन पनि मतदाताहरुलाई आह्वान पनि गरिसकेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top