विराटनगरबाट हुण्डी कारोबारी पक्राउ

२३ कात्तिक ७६, आइतबार

२४ कात्तिक, विराटनगर ।
विराटनगरबाट ७ लाख रुपैँया हुण्डी कारोबारको रकमसहित २ जना पक्राउ परेका छन् । विराटनगर–१५ स्थित भन्सार कार्यालय अगाडिबाट को ३९ प ७३९६ नं. को मोटरसाइकल प्रयोग गरी अवैध नगद ओसारिरहेका हुण्डी कारोबारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर–१४ ओमसाइ राम टोल बस्ने ३० वर्षीय ज्योतिकुमार साह र सोही मोटरसाइकलमा पछाडी सवार भारतको अररिया –१७ जोगवनी साँहुटोल बस्ने १९ वर्षीय विक्कीकुमार साह रहेका छन् । चालक ज्योतिकुमार साहको साथबाट चार लाख रूपैँया र मोटरसाइकलमा पछाडी सवार रहेका विक्कीकुमार साहको साथबाट ३ लाख गरी कुल ७ लाख फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवत्ता डिएसपी राजकुमार खिउजूले जानकारी दिए ।

फक्राउ गरी तत्कालै उक्त घटनास्थलमा प्रहरीले सोधपुछ गर्दा उक्त रकम जोगवनी बजारबाट एक जना व्यक्तिले हुण्डी कारोबार अन्तर्गत पठाएको र यसरी पठाएको रकम सम्वन्धित व्यक्तिको जिम्मा लगाएपछि प्रति १ लाखको १०० पाउने गरेको भनी प्रारम्भिक चरणमा खुलाएको उनले बताए । उनलाई कार्तिक २४ गते थप अनुसन्धान तथा काबाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा वुझाईएको मोरङ प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top