कारागारबाट अस्पताल हिँडेका भारतीलाई होटल लगेपछि असई निलम्बित

२३ कात्तिक ७६, आइतबार

२४ कार्तिक, काठमाडौं । डिल्लीबजार कारागारको प्रहरीले सुडान घोटालाका दोषी शम्भु भारतीलाई होटल हिमालय पुर्‍याएको खुलेको छ ।

वीर अस्पतालमा उपचार गर्ने कागजात बनाएका भारती कुपण्डोलस्थित होटलसम्म पुगेको देखिएपछि प्रहरीले घटनाबारे छानबिन नै थालेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भारतीलाई उपचार बहानामा होटल हिमालयन लगेर ‘मोज’ गराएको आरोपमा एक जना असईलाई निलम्बन नै गरेको छ ।

डिल्लीबजार कारागारका प्रहरी सहायक निरीक्षक प्रकाश ढाँटलाई शनिबार निलम्बन गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीका अनुसार उपचार गर्ने पत्रवाहक भारतीलाई असई ढाँटले हिमालयन होटल पुर्‍याएको देखिएकाले उनलाई निलम्बन गरिएको हो ।

ललितपुर प्रहरी परिसरले पनि घटनाबारे छानबिन गर्न प्रहरी उपरीक्षक दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।परिसर प्रमुख एसएसपी टेकबहादुर राईले शुक्रबार गठन गरिएको समितिलाई तीन दिनभित्र प्रतिवेदन दिन निर्देशन दिइएको बताए।

कात्तिक २१ गते भारती होटल हिमालयन पुगेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। प्रहरी स्रोतका अनुसार भारती फर्कंदा होटल हिमालयनमा उनले उपचारका लागि कारागारले दिएको कागज छोडे। सो कागजबारे होटलका कर्मचारीले प्रहरी प्रभाग पुल्चोकमा जानकारी दिएका थिए। प्रभागका प्रहरीले कागज जिम्मा लिएर तुरुन्तै कारागारमा फर्काएका थिए।

पुल्चोक प्रभागले भारतीको कागज हिमालयबाट प्राप्त भएको रिपोर्टिङ उपल्लो निकायमा नगरी किन कारागार पठायो भन्ने पनि छानबिन भइरहेको ललितपुर परिसरले जनाएको छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top