खाद्य पदार्थ आयात निर्यातका समस्या समाधान गरिदिन पूर्वका उद्योगीहरुको माग

२४ कात्तिक ७६, सोमबार

२५ कात्तिक, विराटनगर ।
मोरङ व्यापार संघ र नेपाल सरकार, खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, विराटनगरको संयुक्त आयोजनामा ‘खाद्य पदार्थ आयात निर्यात एवं सेनिटरी एण्ड साइटो–सेनिटरी (एस.पि.एस.)सँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको छ ।

कार्यक्रममा खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय विराटनगरका तर्फबाट एस.पि.एस. सम्झौता र खाद्य पदार्थ आयात निर्यात सम्बन्धी नेपालको विद्यमान व्यवस्था बारे कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा सरोकारवालाहरुले विशेष ध्यान पु¥याउन सके मात्र खाद्यय बस्तुको स्वच्छता कायम राख्न सकिने बताएका छन् । कार्यक्रममा खाद्यय अधिकृत काशीनाथ घिमिरेले कार्यपत्र प्रस्तुत गरेका थिए । घिमिरेले खाद्यय स्वच्छता तथा जनावर र विरुवाको स्वास्थ्य रक्षार्थ आवश्यक स्वच्छता र स्वस्थता कायम गर्न सबैले लाग्नु पर्नेमा जोड दिए । हाल सम्म नेपाल सरकारले १ सय २५ वटा खाद्य बस्तुहरुको गुणस्तर तोकिसकेको कार्यक्रममा जानकारी दिइएको थियो । खाद्य बस्तुको स्वच्छता कायम गर्न प्रि बोर्डर कन्ट्रोल, बोर्डर कन्ट्रोल अनि पोष्ट बोर्डर कन्ट्रोल कार्य विभाग र मातहतका कार्यालयहरुले काम गरिरहेको घिमिरेले जानकारी दिए ।

Advertisement

अन्तरक्रिया कार्यक्रममा परफेक्ट फुडस् प्रा.लि.का तर्फबाट सन्दिप बगडियाले आफ्नो उत्पादनको परीक्षण गराउँदा खाद्य विभाग र अन्य निकायको रिपोर्ट फरक पर्नुका कारण उत्पादनमा कटौती गर्नु परेको गुनासो गरेका थिए । त्यसैगरी वि.के.मसला उद्योगका तर्फबाट बिबेक अग्रवाल र महेश खाद्य उद्योगका तर्फबाट महेश राठीले खाद्य पदार्थ आयात गर्दा सबै निर्यातकर्ताको हकमा नेपाल सरकारबाट इजाजत पत्र लिनुपर्ने प्रावधानका कारण आयात गर्न समस्या हुने गरेको जानकारी गराए ।

त्यसैगरी मोरंग व्यापार संघका पूर्व का.का. सदस्य एवम् उद्योगी पियुष तोदी, संघका महासचिव अनिल कुमार साह, कार्यकारी सदस्य अमित सारडा लगायत विभिन्न उद्योगी–व्यवसायीहरुले आ–आफ्नो स्तरमा भोगिरहेका समस्याहरुबारे अवगत गराएका थिए । कार्यक्रममा खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयका कार्यालय प्रमुख अनुप हलुवाईले नेपाल डब्लु.टि.ओ. को सदस्य भएकाले नेपालमा पनि एस.पि.एस.लागू भएका कारण सो बारे जानकारी गराउन यस किसिमको जनचेतनामुलक कार्यक्रम राखिएको बताए ।

Advertisement

साथै, कार्यक्रममा उठान भएको विषयवस्तुहरु सम्बन्धीत विभाग/मन्त्रालयसम्म पु¥याई निराकरणका लागि भरपुर पहल गर्ने प्रतिवद्धता पनि उनले जाहेर गरेका थिए । संघका वरिष्ठ उपाध्यक्ष नविन रिजालले खाद्य पदार्थ आयात निर्यात सम्बन्धी कतिपय प्रकृयाहरु काठमाडौंमै केन्द्रित रहेका कारण व्यवसायिक जटिलता झेल्नु परिरहेकोले त्यस्ता कार्यहरु स्थानीय स्तरका सम्बन्धीत निकायहरुमा विकेन्द्रितिकरण गर्नु पर्नेमा जोड दिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top