प्रदेश १ का ६ जिल्लामा गाँजा फडानी गरी नष्ट

२५ कात्तिक ७६, सोमबार
Share this
737shares

२५ कात्तिक, बिराटनगर ।
१ नम्बर प्रदेशका बिभिन्न जिल्लाहरुमा अबैध रुपमा लगाएका तथा प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाका बोटहरुलाई प्रहरीले फडानी गरी नष्ट गरेको छ । प्रहरीले धनकुटा खोटाङ, भोजपुर, उदयपुर, सुनसरी र ईलाम जिल्लाको बिभिन्न स्थानहरुमा अबैध रुपमा लगाईएको तथा प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाका बोटहरु फडानी गरी नष्ट गरेको हो ।

Advertisement

जसमा जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धनकुटाको शहिदभुमी, साँगुरीगढी र धनकुटाकै आँखिसल्ला लगायतका एरियाको करिब २ सय रोपनी भन्दा बढी क्षेत्रफलमा अबैध रुपमा लगाईएका तथा प्राकृतिक रुपमा आफै उम्रिएका १ लाख ५० हजार गाँजाको बोटहरु फडानी गरी नष्ट गरिएको प्रदेश प्रहरीले जनाएको छ ।

यसैगरी खोटाङको ईलाका प्रहरी कार्यालय हलेशी र प्रहरी चौकी च्यास्मिटारबाट खटिएको प्रहरी टोलीले हलेशी तुवाचुङ नगरपालिका१ र २ का डिकुवा, दाम्ली, र बाँहुनीडांडा लगायतका एरियामा लगाईएका करिव ५ हजार गाजाका बोट फडानी गरी नष्ट गरेको छ ।

Advertisement

यस्तै जिल्ला प्रहरी कार्यालय भोजपुर तथा ईलाका प्रहरी कार्यालय घोडेटार र बोयाङबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका ९ मुस्ताङ र थुम्की भन्ने स्थानमा अन्दाजी ३२ रोपनी जग्गामा लगाईएको १२ हजार ५ सय बोट गाजा फडानी गरी नष्ट गरेको छ भने जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले कटारी तथा ताप्ली गाँउपालिका बिभिन्न स्थानहरुमा ४० रोपनी जग्गामा लगाईएको लगाईएको २५ हजार बोट गाजा फडानी गरी नष्ट गरेको छ ।

यसैगरी सुनसरीको ईलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले सोही गाऊँपालिका-६ मा लगाईएका करिव ३ सय गाजाका बोट फडानी गरी नष्ट गरेको छ भने प्रहरी चौकी जितपुर ईलामबाट खटिएको प्रहरी टोलीले देउमाई नगरपालिकाका बिभिन्न स्थानमा लगाईएका ९० बोट गाजा फडानी गरी नष्ट गरेको छ ।

Advertisement

पछिल्लो समयमा अबैध रुपमा गाजा खेती गरेको पाईएकोले १ नम्बर प्रदेश प्रहरी कार्यालयले कार्ययोजना बनाई सम्बन्धित जिल्लाहरुलाई बिशेष अभियान नै संचालन गरेर गाजा फडानी गर्ने निर्देशन दिए संगै सम्बन्धीत जिल्लामा लगाईएका अबैध गाजा खेती तथा आफै उम्रिएका गाजाका बोटहरु प्रहरीले ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन गरि फडानी गर्ने कार्य गर्दै आईरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top