×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दिनभरका प्रमुख खबरहरु

२५ कार्तिक २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(भूमि फिर्ता गर्)
मिचिएका नेपाली भूमि फिर्ता गर्न भारतसँग माग गर्दै मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा आवद्ध विद्यार्थी संगठनद्वारा लैनचौरस्थित भारतीय दुतावास अगाडि विरोध प्रर्दशन / भारतीय प्रधानमन्त्रीविरुद्ध चर्का नाराबाजी ।

Advertisement
Advertisement

२.(दृढता नटुटोस्)
भारतद्धारा अतिक्रमित भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढेको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिवद्धता / समस्या समाधानका लागि छिट्टै उचित कूटनीतिक संयन्त्रमार्फत् भारतसँग वार्ता प्रक्रिया अघि बढाइने प्रतिबद्धता ।

३.(डराए दाहाल !)
नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहालको भनाई / सो समस्यालाई अन्तराष्ट्रियकरण गरिहाल्न भने नमिल्ने तर्क ।

४.(केही हुन्छ कि ?)
भारतले अतिक्रमण गरेका कालापानीलगायतका सीमा समस्या समाधानका लागि तत्काल उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्न संसदीय समितिको सरकारलाई निर्देशन / दुई मुलुकबीचको सीमा सुरक्षा बलको बैठक मंसीर पहिलो हप्ता बोलाइयो ।

५.(गफै हो कि ?)
भारतद्धारा अतिक्रमित नेपाली भूमि फिर्ता हुनेमा ढुक्क हुन परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको आग्रह / कालापानी लगायतका नेपाली भूमि नेपालको हो भन्ने प्रमाण सरकारसँग रहेकाले भूमि गुमाउनु पर्छ कि भन्ने चिन्ता नदिन आग्रह ।

६.(मेडिकललाई अल्टिमेटम)
नेपाल सरकारको निर्णय नमान्ने मेडिकल संचालकहरुलाई कारबाही गरिने / विद्यार्थीका माग सम्बोधन गर्न मेडिकल कलेज सञ्चालकलाई १५ दिनको अल्टिमेटम / विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउने निर्णय ।

७.(केसीको अनसन)
डडेल्धुरामा अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थन गर्दै भीड बढ्न थालेपछि प्रहरीद्वारा हस्तक्षेप / डडेल्धुरा सदरमुकाम तनावग्रस्त / यातायातका साधन ठप्प / केसीलाई लिन गएको सेनाको हेलिकप्टर रित्तै फर्कियो ।

८.(अफताबको आतंक !)
सांसद मोहम्मद अफताव आलमको थुनछेक बहसका क्रममा अर्का एक सरकारी साक्षीले पनि फेरे बयान / बयान दिएका भारतीय नागरिकले आफू बम विस्फोटमा नभई भान्सामा काम गर्ने क्रममा घाइते भएको निवेदन पेश ।

९.(आयोगलाई पूर्णता)
सत्तारुढ दल नेकपाद्वारा पार्टीको अनुशासन आयोगको अध्यक्षमा अमृतकुमार बोहोरा चयन /सचिवमा अशोक रोकाय, केन्द्रिय निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठ तथा सचिवमा माधव पौडेललगायत चयन ।

१०.(धराने सचिव)
प्रदेश सरकार गठनको लामो समयपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईद्वारा प्रमुख स्वकीय सचिव नियुक्त / कार्तिक २१ गतेदेखि लागू हुने गरी धरानका पूर्व विद्यार्थी नेता नवराज राई स्वकीय सचिवमा चयन ।

११.(सरकारी काम)
बैतडीको ग्वाल्लेकमा डोजरले महिला हुत्याएपछि गठन भएको छानबिन समितिद्वारा थपिएको म्याद सकिएको एक हप्ता बितिसक्दासमेत प्रतिवेदन बुझाउन सकेन / प्रमुख जिल्ला अधिकारी बिदामा रहेकाले उनी आउनेबित्तिकै प्रतिवेदन बुझाउने तयारी ।

१२.(परिवारै पक्राउ)
उद्योगपति पद्म ज्योतिलाई पक्राउ गर्न अदालतद्वारा पक्राउ पुर्जी जारी / रूप ज्योति पक्राउ परेको ल्यान्डमार्क जग्गा लेनदेन प्रकरणमै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षपद्म ज्योतिलाई पनि पक्राउ गर्न अदालतको आदेश ।

१३.(बित्तमा कडाई)
मुलुकको आर्थिक विकासमा केन्द्रित नहुने बैंक तथा वित्तिय संस्थाहरुलाई कडा कार्वाही गर्ने नेपाल राष्ट्र बैंकको चेतावनी / जनताको पैसा डुब्न नदिन सबै बैंक तथा वित्तिय संस्थाहरुमाथि कडा निगरानी राखिने ।

१४.(लज्जास्पद हार)
नेपाली राष्ट्रिय यू १९ टोली भारतसंग च्यालेन्जर्स सिरिजको पहिलो खेलमा १० विकेटले पराजित / नेपालले प्रस्तुत गरेको १ सय १७ रनको लक्ष्य भारतद्वारा २१ दशमलव १ ओभरमा विना विकेटको क्षतिमा पूरा ।

Advertisement

र,
१५.(बुलबुलको विनास)
बंगलादेश र भारतको तटीय क्षेत्रमा ‘बुलबुल’ नामक सामुद्रिक आँधीका कारण मृत्यु हुनेको संख्या २० पुग्यो / आँधी प्रभावित २० लाख भन्दा बढी व्यक्ति अस्थायी शिविरमा ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top