×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

गणतन्त्र स्मारक अझै भएन सञ्चालन

२५ कार्तिक २०७६

२५ कात्तिक, काठमाडौँ । 

उद्घाटन भएको पाँच महिना बित्दा पनि नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा बनेको गणतन्त्र स्मारक सञ्चालनमा आउन सकेको छैन । गणतन्त्र दिवसका अवसर पारेर गत जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले स्मारक उद्घाटन गरेकी थिइन् । निर्माण शुरु भएको आठ वर्षमा स्मारक सम्पन्न भएको थियो । राजतन्त्र हुञ्जेल राजाको दरबार रहेको नारायणहिटीलाई विसं २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले झण्डोत्तोलनसहित राष्ट्रिय सङ्ग्रहालयको घोषणा गरेका थिए ।

Advertisement
Advertisement

त्यसअघि भवनको मूल खम्बामा राजाको विशेष झण्डा फहराइन्थ्यो । विसं २०६५ फागुनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गरेका थिए । सङ्ग्रहालयले ७५३ र दरबारले ३१८ रोपनी क्षेत्रफल ओगटेको छ ।

सङ्ग्रहालयको जग्गामा शहरी विकास तथा भवन निर्माण विभागले स्मारक निर्माण गरेको हो । स्मारक संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई हस्तान्तरण गरेपछि सञ्चालनमा आउने विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिए । गत साताको मन्त्रिपरिषद्ले स्मारक हस्तान्तरणसम्बन्धी निर्णय गरेको जानकारी आफूले पाएको उनले सुनाए ।

लोकतान्त्रिक गणतन्त्रको प्रतीकका रूपमा निर्माण भएको स्मारकमा चारवटा खम्बा बनेका छन् । राणाशासनको अन्त्यदेखि हालसम्म स्वतन्त्रता प्राप्तिका लागि भएका आन्दोलनका क्रममा ज्यान गुमाएका, हराएका, बेपत्ता पारिएका र अङ्गभङ्ग भएका ज्युँदा शहीदका नाममा सम्झनास्वरूप खम्बा निर्माण गरिएको हो ।

नारायणहिटी दरबार सङ्ग्रहालयले उपलब्ध गराएको ३५ रोपनी क्षेत्रफलमा स्मारकका संरचना निर्माण भएको विभागका वरिष्ठ डिभिजनल इञ्जिनीयर मचाकाजी महर्जनले जानकारी दिए । स्मारकको मूल संरचना भने दुई रोपनी क्षेत्रफलमा फैलिएको छ ।

‘जनआन्दोलनका शहीदसम्बन्धी चिजबिज प्रदर्शनी गर्न स्मारकमा ग्यालरीको पनि निर्माण गरिएको छ, स्मारकमा अण्डाकार संरचना बनेको छ, जहाँ रातो प्रकाश निस्कने छ, अण्डाकारको तल नेपालको नक्साको आकार हुनेछ’, इञ्जिनीयर महर्जनले भने।

स्मारकमा ‘शहीदको रगत खेर जानेछैन, नेपालकै लागि सदुपयोग हुनेछ’ मूल भाव आउने वाक्यसमेत राखिएको छ । स्मारकमा बहुउद्देश्यीय हल, विशिष्ट कक्ष, चमेना गृह, शौचालयलगायत संरचनासमेत निर्माण भएको छ ।

यसअघि नारायणहिटी दरबार क्षेत्रमा २.१ मिटर मात्र चौडाइ रहेको इच्छुमती (टुकुचा) लाई स्मारक निर्माणका क्रममा ४.२ मिटर चौडाइमा विस्तार गरिएको छ । दरबारकी कुनै रानीले इच्छाएर नारायणहिटीभित्र ल्याइएकाले यसको नाम इच्छुमती राखिएको भनाइ छ । यसले टुकुचामा आउने ठूलो बाढी पनि थेग्ने वरिष्ठ डिभिजनल इञ्जिनीयर महर्जनले बताए ।

नारायणहिटी दरबार सङ्ग्रहालयको पूर्वपट्टि नागपोखरीमा अवस्थित स्मारकमा नेपालमा प्रजातन्त्र प्राप्तिका लागि जनताले खेलेको भूमिकाका विभिन्न तस्बिर र कलाकृतिलगायत सामग्री राख्न नेपाल कला परिषद्लाई जिम्मेवारी दिइएको छ ।

स्मारकको भावनात्मक सम्बन्ध हरेक नेपालीसँग जोडिएकाले लोकतन्त्र प्राप्तिका लागि शहीदको बलिदानीलाई जीवन्त राख्न मद्दत गर्ने विश्वास लिइएको छ । यस्ता कलाकृतिले जनतामा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउन कति साहस, त्याग र बलिदानीको आवश्यकता प¥यो भन्ने देखाउँछ ।

हिमाल, पहाड र तराईको भौगोलिक अवस्था झल्किने कलाकृति पनि स्मारकको ग्यालरीमा राखिएको छ । नेपालको तीनवटै भौगोलिक अवस्था चिनाउने आकृतिबाट रातो किरण निस्किनेछ, कलाकृतिका माध्यमबाट हिमाली क्षेत्रका मनमोहक हिमाल, पहाडका डाँडाकाँडा र तराईको समथर भूभाग ग्यालरीमा राखिनेछ । त्यसबाट उत्पन्न हुने रातो प्रकाशले शहीदका चार स्मारकलाई उज्यालो बनाउँछ ।

किरणका माध्यमबाट शहीद, बेपत्ता र अङ्गभङ्ग पारिएकालाई राष्ट्रले सम्झिरहेको छ भन्ने प्रतीकात्मक अर्थ दिनेछ । विसं ०६८ चैत १४ गते तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले स्मारक शिलान्यास गरेका थिए। तीन वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता गरिएकामा भूकम्प र नाकाबन्दीका कारण पाँच वर्ष ढिला भएको विभागले जनाएको छ ।

रु ३५ करोडमा सम्झौता भए पनि स्मारक निर्माणका लागि रु ४० करोड लागेको बिकोई÷स्काई÷बङ्गलामुखी जेभीका रोशन श्रेष्ठले बताए । केही आन्तरिक साजसज्जाको काम अझै बाँकी रहेको उहाँको भनाइ थियो ।

नारायणहिटी दरबार सङ्ग्रहालय घुम्न आउने पर्यटकले स्मारक क्षेत्र पनि हेर्न चाहन्छन् । तर हस्तान्तरण नभएकाले त्यो इच्छा पूरा हुन सकेको छैन । दरबारको उत्तरपूर्वी कुनामा स्मारक बनेको देखिए पनि हेर्न नपाइएको अवलोकनका लागि दरबार आएका रामकृष्ण बानियाँले गुनासो गरे ।

Advertisement

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङ मन्त्रिपरिषद्ले नारायणहिटी सङ्ग्रहालय तथा गणतन्त्र स्मारक समिति गठन गर्ने निर्णय गरेकाले त्यसैअनुसार सञ्चालनमा आउने बताउँछन् । त्यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन भएपछि स्मारक सञ्चालन एवं व्यवस्थापन हुने मन्त्रालयले जनाएको छ । यसै साता नेपाल राजपत्रमा सूचना प्रकाशन हुनेछ ।रासस

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top