पक्राउ परेका हाईप्रोफाईल जुवाडेहरुको सम्पत्ति छानविन हुने

२६ कात्तिक ७६, मंगलबार
Share this
680shares

२६ कार्तिक, काठमाडौं । महाराजगञ्जमा जुवाको खालबाट पक्राउ परेका २५ जनाको हाईप्रोफाईल जुवाडेहरुको सम्पत्ति छानविन हुने भएको छ ।

Advertisement

गएको कात्तिक १० गते महाराजगञ्जमा जुवाखालबाट २ करोड ६७ लाख रुपैयाँसहित पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि मंगलबार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा बुझाउने महाराजगञ्ज प्रहरी वृत्तका डीएसपी उमेश लम्सालले जानकारी दिएका छन् ।

जुवा खेलेको अभियोगमा दायर भएको मुद्दामा जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गर्नासाथ सोमबार फेरि पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा बुझाउन लागिएको हो ।

Advertisement

क्यासिनो किङका रुपमा चिनिने बलराम सापकोटासहित सुमन अग्रवाल, पवन अग्रवाल, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, रञ्जन राजवंशी, सोदेल कार्की, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, अशोक श्रेष्ठ, प्रेम थापामगर, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामालाई कात्तिक १० गते प्रहरीले जुवाखालबाट पक्राउ गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top