२६ कात्तिक, रौतहट । रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विष्फोट भएको छ । घटनामा एक प्रहरी जवान घाइते भएको जनाइएको छ । एक भारतीय नागरिक पनि पक्राउ परेका छन् ।
रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले घटनाबारे सूचना प्राप्त भए पनि पुष्टि भइनसकेको बताए । उनले चौकी सीमा क्षेत्रमा पर्ने र सञ्चार सेटमा सूचना आएको बताए । घटना बारे थप विवरण आउन बाँकी छ ।


