डा. केसीले गरे अनसन स्थगित

२६ कात्तिक, काठमाडौं ।
प्रा. डा. गोविन्द केसीले आमरण अनसन स्थगित गरेका छन् । देशमा सीमा विवादको मुद्दा चलेकाले आफूले अनशन स्थगित गर्ने निर्णय गरेको भन्दै उनले मंगलबार अनसन स्थिगित गरेका हुन् ।

Advertisement

‘राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं’ उनले भनेका छन् । डा. केसीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको पश्चिमी सीमा मिचिएको विषयमा राजनीतिक शक्तिहरुबीच जुन अभूतपूर्व तदारुकता देखिएको छ, त्यो देखावटी मात्र नभई कूटनीतिक माध्यमबाट मिचिएको भुमि फिर्ता गर्नमा केन्द्रित होस् र त्यो प्रयासले परिणाम निकालोस् भन्ने चाहन्छौं ।’

डा.केसीले सातबुँदे माग राख्दै कात्तिक १७ गते डडेल्धुरामा १७ औं अनशन सुरु गरेका थिए । अनसनका क्रममा स्वास्थ्यमा समस्या देखिएपछि जिल्ला अस्पताल भर्ना गरिएको छ । तर आईसीयू लगायतका सुविधा नरहेको भन्दै डेडल्धुरा अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान रिफर गरेको थियो ।

Advertisement

उनलाई लिन सोमबार नै नेपाली सेनाको हेलिकप्टर डेडल्धुरा पुगेको थियो भने शिक्षामन्त्री गिरिरराजमणी पोखरेलले देश कालापानी क्षेत्रको सीमा विवादमा होमिएको बेला अनशन बस्न उपयुक्त नभएको भन्दै स्थगित गर्न आग्रह गरेका थिए । तर डा. केसीले भने माग पुरा नगरेसम्म डडेल्धुरा नछाड्ने भन्दै काठमाडौं आउन अस्विकार गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top