×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दुई वर्षअघि सामूहिक बलात्कारका मुख्य अभियुक्तलाई पाँच वर्षको कैद सजाय

२७ कार्तिक २०७६

२७ कार्तिक, काठमाडौं । दुई वर्षअघि राजधानीको दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कारका मुख्य अभियुक्तलाई काठमाडौं जिल्ला अदालतले पाँच वर्षको कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको इजालासले कात्तिक २१ गते मुख्य अभियुक्त रामेछापका शैलेस कार्कीलाई पाँच वर्ष २ महिना कैद पठाउने र पीडित युवतीलाई सात लाख क्षतिपूर्ति भराउने निर्णय गरेको हो ।

Advertisement
Advertisement

घटनामा संलग्न अन्य तीन जना अभियुक्तहरूलाई १४ महिनाको कैद सुनाइएको काठमाडौं जिल्ला अदालतका स्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । २०७४ माघ ७ गते दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा शैलेश कार्की, विकास गौतम, दिपक श्रेष्ठ र रवी पौडेलले १८ वर्षे एक युवतीलाई सामूहिक बलात्कार गरेका थिए ।

पीडित युवतीले माघ ८ गते प्रहरी वृत्त दरबारमार्गमा आरोपित ४ जनाले आफूलाई बलात्कार गरेको र सोही बेला नग्न तस्बिर तथा भिडियोसमेत खिचेर राखेको भन्दै उजुरी गरेकी थिइन् ।

Advertisement

पीडित युवतीले आफू कामबाट घर फर्कदै गर्दा आरोपी कार्कीले फोन गरेर घर पुर्‍याउने शर्तमा बोलाएका थिए । त्यसपछि कार्कीले मदिरा खुवाएर घर जान नदिएर होटल लगि साथीलाईसमेत साथमा लिएर बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन्।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top