२७ कात्तिक, काठमाडौँ ।
काठमाडौंमा ‘अवैतनिक वाणिज्य दुतहरुको अन्तराष्ट्रिय सम्मेलन’ सुरु भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले बुधबार काठमाडांैमा एक समारोहका बीच विश्वका विभिन्न मुलुकका अवैतनिक वाणिज्य दुतहरु सहभागी रहेको सो अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गरेका हुन् ।
सम्मेलनलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन सहयोग गर्न अवैतनिक वाणिज्य दुतहरुलाई आह्वान गरे । उनले नेपाल सरकारले सन् २०२० मा कम्तिमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको उल्लेख गर्दै त्यसमा साथ दिन सबै देशका अवैतनिक वाणिज्य दुतहरुलाई आह्वान गरे । त्यस अवसरमा उनले वैदेशिक लगानीका लागि नेपाल उपयुक्त गन्तव्य मुलुक भएको उल्लेख गद गर्न पर्निै लगानी बाह्य मुलुकका लगानीकर्ताहरुलाई आग्रह गरे । नेपालको ऊर्जा, पर्यटन, कृषि र उद्योगमा लगानी गरे उच्च प्रतिफल प्राप्त गर्न सकिने परराष्ट्रमन्त्री ज्ञवालीको भनाई छ ।
मन्त्री ज्ञवालीले नेपालमा आर्थिक विकासको गतिले तीव्रता पाएको उल्लेख गर्दै त्यसबाट आउने मुनाफाको लाभ लगानीकर्ताहरुलाई हुने पनि स्मरण गराए । उनले मुलुकको समृद्धिका लागि सरकारले बाह्य लगानी भित्र्याउने योजना अघि सारेको उल्लेख गर्दै बाह्य लगानीकर्ताहरुले उच्च प्रतिफल पाउने गरी आवश्यक व्यवस्था मिलाइएको दावी पनि गरे ।