अफताब आलमलाई थुनामा राख्न अदालतको आदेश

२९ काठमाडौं, रौतहट । जिल्ला अदालत रौतहटले राजपुरमा भएको बम बिस्फोटको घटनामा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद आफताब आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

Advertisement

उनी विरुद्धको मुद्दामा दुवै पक्षको थुनछेक बहस सकिएपछि शुक्रबार अदालतले आलमलाई थुनामा पठाउन आदेश दिएको हो। वादी तर्फबाट १२ जना र प्रतिवादीको तर्फका २८ जना कानुन व्यवसायीले ८ दिन लगाएर बहस गरेका थिए।

बहस सकिए लगत्तै इजलासमा न्यायाधीश दीपक ढकालले पीडित भनिएका श्रीनारायण सिंह र प्रतिवादी आलमलाई घटनाबारे सोधेका थिए। दुवैले न्यायाधीशसमक्ष आ(आफ्नै कुरा राखेका थिए। यो आदेशमा चित्त नबुझेमा आलमले उच्च अदालतमा निवेदन दिन पाउँछन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top