भक्तपुर–नगरकोट सडक : काम सक्नभन्दा समय थप्न हतार

२९ कात्तिक ७६, शनिबार

काठमाडौँ : पर्यटकीय महत्त्वको क्षेत्र नगरकोट पुग्ने भक्तपुर–नगरकोट सडकखण्ड निर्माणमा ताकेता गर्नुभन्दा राज्यका निकायहरू ठेकेदारलाई समय थप्न बढी लालायित भएको पाइएको छ । उपत्यकाको सुगम स्थानमा निर्माण थालिएको यो सडक निर्माण गर्ने ठेकेदारलाई चौथोपटक समय थप गरिएको छ ।

राजधानीबाट नजिकैको प्रमुख पर्यटकीय गन्तव्य यो सडकको अवस्था भने झनै नाजुक छ । हिउँदमा धुलो र वर्षामा हिलोले पर्यटकले वर्षौंदेखि सास्ती भोग्दै आएका छन् ।

दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको निर्माण कम्पनीले पाँच वर्ष पूरा हुँदा पनि काम सम्पन्न गर्न सकेको छैन । फेरि त्यस सडकको निर्माणका लागि २०७७ वैशाख ७ गतेसम्म अवधि थप भएको छ ।

भक्तपुर–नगरकोट–सिपाघाट–बल्खु–दक्षिणकाली सडक योजनाका प्रमुख जगत प्रजापतिले भने, “समयमा सडक सम्पन्न नभएपछि आगामी वैशाख ७ गतेसम्मको म्याद थपिएको छ ।” ,यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top