जङ्गली हात्तीको आक्रमणबाट बाबुछोराको मृत्यु

२९ कात्तिक ७६, शनिबार

३० कात्तिक, चितवन ।
चितवनमा जङ्गली हात्तीको आक्रमणबाट बाबुछोराको ज्यान गएको छ ।

Advertisement

दक्षिण चितवनको ठोरी–माडी सडकखण्ड अन्तर्गत पुरानो अमुवा पोष्ट नजिकै जङ्गली हात्तीको आक्रमणबाट बाबुछोराको मृत्यु भएको हो । मृत्यु हुनेमा माडी नगरपालिका वडा नम्बर १ बरुवाका बाबु बाबुराम पौडेल र छोरा राजु पौडेल रहेका छन् ।

शनिबार बिहान मोटरसाइकलमा पर्साको ठोरीबाट चितवनको माडीतर्फ आउँदै गरेका उनीहरुको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरिक्षक हर्कबहादुर विश्वकर्माले जानकारी दिए ।

Advertisement

ठोरीबाट माडीतर्फ आउँदै गर्दा आज बिहान करिब साढे ७ बजे जङ्गली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top