प्रधानमन्त्रीको तेस्रो डायलाइसिस आज गरिने

२९ कात्तिक ७६, शनिबार

३० कात्तिक, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको थप उपचारका लागि शनिबार तेस्रोपटक डायलाइसिस गरिने भएको छ ।

राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालमा शनिबार प्रधानमन्त्री ओलीको डायलाइसिस गर्न लागिएको बालुवाटार स्रोतले जनाएको छ ।

त्यसका लागि प्रधानमन्त्री ओली अहिले ग्राण्डी अस्पताल पुगेका छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । तर उनको मृर्गौलाको पछिल्लो समय समस्या देखिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top