सामाजिक सुरक्षा योजनालाई सफल बनाउन साथ दिन सरकारको आह्वान

सामाजिक सुरक्षा योजनालाई सफल बनाउन साथ दिन सरकारको आह्वान

३० कात्तिक, काठमाडौँ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले लागू गरेको सामाजिक सुरक्षा योजनालाई सफल बनाउन साथ दिन सबैलाई आह्वान गरेका छन् ।मन्त्री विष्टले नागरिकको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ लागू गरिएको सो योजनालाई सार्थक बनाउन सम्बन्धित सबै पक्षले साझा प्रयास गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सामाजिक सुरक्षा योजनाले सबै श्रमिकहरुको जोखिमपूर्ण जीवनमा सुधार ल्याउने भएकाले यसको कार्यान्वयनमा सबै पक्ष अग्रसर हुनुको विकल्प नरहेको पनि स्पष्ट पारे । ‘सरकारले अघि बढाएको सामाजिक सुरक्षाको योजनालाई सफल बनाउन सबैको साझा प्रयास हुन जरुरी छ,’ मन्त्री विष्टले भने,‘आम नागरिकको जीवनमा सुधार ल्याउने यस्ता खालका कार्यक्रममा सरकारलाई साथ दिनु सम्बन्धित सबै पक्षको दायित्व पनि हो ।’ मन्त्री विष्टले सबै नागरिकलाई पेन्सन दिने गरी सुरु गरिएको यो योजना सफल पार्न सरकारले सक्दो पहल गरिरहेको पनि बताए ।

गत श्रावण १ गतेबाट कार्यान्वयनमा ल्याइएको सामाजिक सुरक्षा योजनामा करिव १३ करोड निक्षेप संकलन भएको छ । त्यसैगरी १ लाख १० हजार योगदानकर्ताहरुले त्यस योजनामा सहभागिता जनाएको पनि सामाजिक सुरक्षा कोषको तथ्यांकमा उल्लेख गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.