×

NEPAL TIMES UPDATES

Playing
फस्यो पाकिस्तान, इरानी विमानलाई आश्रय दिएको रहस्यो खुल्यो|| Nepal Times
May 12, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-29-2083 || Nepal Times
May 12, 2026
Playing
राष्ट्रपतिले बोल्दा प्रधानमन्त्री बाहिरिएपछि राष्ट्रिय बहस|| Nepal Times
May 12, 2026
Playing
लिग–२ नेपाल स्कटल्यान्डसँग २ रनले पराजित|| Nepal Times
May 12, 2026
Playing
नयाँ बजेटमा अर्थतन्त्रको पुनर्संरचनासम्मका ५ क्षेत्र राखिने|| Nepal Times
May 12, 2026
Playing
ट्रम्प–सी भेट हुनै लागेका बेला एजेन्टको सनसनीपूर्ण खुलासा|| Nepal Times
May 12, 2026
Playing
संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी || Nepal Times
May 12, 2026
Playing
बालेन सरकार सफल बनाउन प्रचण्डका सुझाव, भुइँमा न भाडामा नहुनु|| Nepal Times
May 12, 2026
Playing
आणविक रिएक्टर बोकेको रुसी जहाज डुब्यो, उत्तर कोरिया जाँदैथियो || Nepal Times
May 12, 2026
Playing
World News: पाकिस्तानले इरानी वि*मान लुकायो,चीनमा बिहे हुनै छाड्यो, रेलमा ६ श*व || Nepal Times
May 12, 2026

प्रहरीसँगको सार्वजनिक सुनुवाई कार्यक्रम भव्यताका साथ सम्पन्न

३० कार्तिक २०७६

३० कात्तिक, विराटनगर ।
मोरङको सुन्दरहरैँचामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘नागरिक उत्तरदायित्व तथा गुणस्तरीय सेवा प्रवाहका लागि सार्वजनिक सुनुवाई’ कार्यक्रम समापन भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीको आयोजनामा नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था तथा विद्यालयसँग शनिबार सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

सुन्दरहरैँचा नगरपालिका, बेलबारी नगरपालिका, केराबारी गाउँपालिका र ग्रामथान गाउँपालिकाको सहकार्यमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित व्यक्तिहरुले प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, प्रदेश प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवाली, मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी, मोरङ प्रहरी प्रमुख विश्व अधिकारी, प्रदेश सभा सदस्य विजय विश्वास लगायत चारवटै स्थानीय तहका जनप्रतिनिधीलाई गुनासो तथा सुझावहरु राखेका थिए ।

Advertisement
Advertisement

कार्यक्रममा उपस्थित केही व्यक्तिहरुले प्रदेश १ का विभिन्न ठाउँमा भारतले सीमा मिच्न थालेको भन्दै सीमा सुरक्षा बलियो बनाउन र नेपाली भूमी अतिक्रमण हुन नदिन सरकारलाई सचेत गराएका थिए । त्यस्तै सार्वजनिक सवारीमा ज्येष्ठ नागरिकलाई छुटको सट्टा अभद्र व्यवहार हुने गरेको, खाल्डाखुल्डी सडकले सास्ती खेप्नु परेको गुनासो गरेका थिए । त्यस्तै भीआईपीलाई बढी सुरक्षा र सर्वसाधारण असुरक्षित भएको गुनासो गरेका थिए भने प्रहरीलाई आवश्यक सवारी नभएको पनि गुनासो आएको थियो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री कार्कीले इलामको सन्दकपुरमा नेपाली भूमीमा भारतीय पक्षले भ्यु टावर बनाउन नदिएको प्रसंगमा बोल्दै भारतीय पक्षको माग नाजायज भए प्रदेश सरकार र संघीय सरकारलाई जानकारी गराउन आग्रह गरे । नेपाली भूमी एक इन्च पनि मिच्न नदिने भन्दै उनले विभिन्न कुटनीतिक पहल गरेर नभए अन्तराष्ट्रिय अदालत जानुपर्ने बताए । उनले पहुँचका भरका अपराधी सुरक्षित हुने दिन सकिएको भन्दै अन्यायमा परेकाले न्याय पाउनेमा ढुक्क हुन आग्रह गरे ।

त्यस्तै प्रदेश १ का प्रहरी प्रमुख ज्ञवालीले सार्वजनिक सुनुवाई कार्यक्रम सफल भएको बताउँदै उपस्थित भएर गुनासो राखिदिएकोमा धन्यवाद व्यक्त गरे । गुनासोको सम्बोधन गर्दै मोरङका एसपी विश्व अधिकारीले माथिल्लो निकायले दिएको गैरकानुनी आदेश पालना गर्न प्रहरी बाध्य नहुने र सुरक्षाका दृष्टिकोणले सबै समान रहेको बताए । उनले प्रहरीसँग आन्तरिक स्रोत साधनको कमी रहेको स्वीकार गरे ।

कार्यक्रममा उपस्थित व्यक्तिहरुको गुनासो सम्बन्धीत सरोकारवालब व्यक्तिहरुले सम्बोधन गरेका थिए । त्यसैगरी मोरङ जिल्ला प्रहरी कार्यालयको तर्फबाट पछिल्लो ४ महिनामा भएको कार्यविवरण प्रस्तुत गरिएको थियो । जसमा मोरङ जिल्लामा ५ ठाउँमा प्रहरी चौकी स्थापनाका लागि दरबन्दी स्वीकृत भएको र प्रत्येक चौकी १५ जनाको दरले ७५ वटा दरबन्दी थप भएको अधिकारीले जानकारी दिए ।

त्यस्तै केन्द्र सरकार र प्रदेश सरकारको सहयोगमा इलाका प्रहरी कार्यालय रानी, वडा प्रहरी कार्यालय विराटनगरसहित मोरङका ८ स्थानमा अत्याधुनिक प्रहरी भवन सुरु भएको उनले बताए । त्यस्तै प्रदेश सरकारको १ करोड २० लाख लगानीमा विराटनगर, पथरी, उर्लाबारीलगायत गरी ६० किमी क्षेत्रमा १५५ वटा सीसी क्यामेरा जडान गरी निगरानी थालिएको, ४ महिनामा ४९४ वटा मुद्धा दर्ता भएको, सवारी दुर्घटनमा २० जनाको मृत्यु र ३ जनाको अंगभंग भएको अधिकारीले जानकारी दिए । उनले पछिल्लो समय समुदायसँग सम्बन्धीत विभिन्न सचेतनामुलक कार्यक्रमका कारण पनि अपराधजन्य घटना घट्दै गएको बताए ।

Advertisement
Advertisement

भर्खरको समाचार

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top