प्रहरी नियन्त्रणमा रहेका नेपाली सेनाका जवानको रहस्यमय मृत्यु

३० कात्तिक ७६, आइतबार

१ मंसिर, चितवन ।
धादिंङसँग सिमाना जोडिएको इच्छाकामना–१ फिस्लिङमा प्रहरी नियन्त्रणमा रहेका नेपाली सेनाका जवान राम कँडेलको रहस्यमय मृत्यु भएको छ ।

Advertisement

यो घटनासंगै फिस्लिङ बजारको अवस्था तनावपूर्ण भएको छ । आइबार बिहान इच्छाकामना मेलाबाट फर्कने क्रममा गाडीमा प्रहरी जवान ठाकुर ढकालसँग सामान्य विवाद भएपछि अस्थाई प्रहरी पोस्ट फिस्लिङको कार्यालय भित्र गएका कँडेलको प्रहरी हिरासतमै मृत्यु भएको हो ।

गाडी चालक सानुबाबु थापाका अनुसार गाडीबाट ओर्लिएपछि प्रहरी जवान ढकालसँग हात हालाहाल समेत भएको र त्यसपछि जवान ठाकुरले प्रहरी पोस्ट भित्र लिएर गएका थिए ।

Advertisement

प्रहरीका अनुसार पोस्टभित्र गएपछि शौचालय गएको र लामो समयसम्म नआएपछि हेर्न जाँदा उक्त प्रहरी पोस्ट भवनको दुई तला माथिबाट तल खसेर घाइते भएको अवस्थामा उनी फेला परेका थिए ।

त्यसपछि कँडेलाई सशस्त्र प्रहरीको ट्रमा सेन्टर कुरिनटारमा उपचारका लागि पुर्‍याइएको थियो । थप उपचारका लागि उनलाई भरतपुर लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको प्रहरीले दाबी गरेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाको टोलीले घटना भएको प्रहरी पोस्ट फिस्लिङ पुगी अनुसन्धान कार्य सुरु गरेको छ ।

प्रहरी जवान ढकाललाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रवक्ता कोइरालाले जानकारी दिए । कोइरालाले पोस्टमार्टम रिपोर्ट आएपछि सत्यतथ्य बाहिर आउने बताए ।

मुग्लिन निवासी कँडेल नेपाली सेनामा कार्यरत थिए । अहिले स्थानीयले प्रहरी पोस्टमा ढुंगामुडा गर्नुका साथै सडक अवरुद्ध पनि पारेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top