मारमा पार्ने गरी कर नीति लिएको भन्दै सरकारको चर्को आलोचना

३० कात्तिक ७६, आइतबार

१ मंसिर, काठमाडौं । उद्योगी, व्यवसायीहरुले मारमा पार्ने गरी कर नीति लिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतका उद्योगी, व्यवसायीहरुले खर्चसमेत धान्न नसक्ने गरी करको भार थोपर्ने गरेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन् ।

आठौं राष्ट्रिय कर दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले प्यान कार्ड अनिवार्य लिने व्यवस्था गरेर सरकारले साना व्यवसायीलाई त्रसित बनाएको भन्दै आपत्ति जनाए । उनले साना व्यवसायीहरुलाई त्रसित बनाउने गरी कर असुल नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

Advertisement

वरिष्ठ उपाध्यक्ष गोल्छाले करको दायरा बढाउने र मुलुकको आर्थिक गतिविधिलाई पारदर्शी बनाउने काममा भने सरकारलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले करको भारबाट उन्मुक्ति दिलाई दिन सरकारसँग आग्रह गरे । सामान्य खर्च समेत धान्न नसक्ने गरी कर असुली गरेर राज्यले व्यवसायीहरुलाई अप्ठयारोमा पारिरहेको उनको गुनासो छ ।

Advertisement

अध्यक्ष श्रेष्ठले व्यवसायीहरुलाई जवाफदेही बनाउन सरकारले करको दायरा बढाएपनि त्यो व्यवसायमैंत्री हुनुपर्ने पनि बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top