तास खेल्ने १७ जना झापाबाट पक्राउ

१ मंसिर ७६, सोमबार

२ मंसिर, झापा । झापाको भद्रपुर नगरपालिका–५ बाट तास खेलिरहेका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

आईतवार राती ११ बजेको समयमा भद्रपुर नगरपालिका–५ मा रहेको पुल हाउसमा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा तथा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेका भद्रपुरकै संजित घोस, बिजय साह, देबेन्द्र राजबशी, कृष्ण अग्रवाल, सागर खड्का, बलदेव राजबशी, अमरदिप घोस, राजिप सहनी, रुपेश झा, रवी राजबशी, अनुज दास, गणेश सिंह, कबिर क्षेत्री, शिब महतो, संजिप साह, श्रवण कामती र बुद्ध नारायण महतोलाई पक्राउ गरेको हो ।

तासको खालबाट प्रहरीले नगद २ लाख २६ हजार ५ सय ४२, १ बुङ तास र १६ थान मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top